top of page

रास्वपाले तीन वर्षमै ८६६.६ प्रतिशत बढी सांसद कसरी जित निकाल्यो?


Updated: Exclusive: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन वर्ष अघि सम्पन्न नेपालको आमनिर्वाचनमा २१ जना सांसद जित निकालेर प्रतिनिधिसभामा चौंथो ठूलो दल बनेको थियो भने जेनजी आन्दोलनपछि गत फागुन २१ मा सम्पन्न आमनिर्वाचनमा १८२ स्थानमा जित निकालेर देशको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। अंकगणितीय भाषामा बि.सं. २०७९ सालको चुनावी परिणामभन्दा यस पटक बि. सं. २०८२ सालको नतिजा ८६७ (८६६.६७) प्रतिशत बढी जित निकालेको हो। रास्वपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमा १२५ सिट जितेर तल्लो सदनको कूल साँसद संख्याको ७५.७६ प्रतिशत पदमा रास्वपाले आफ्नो पकड जमाएको छ भने समानुपातिकतर्फको ११० पदमा ५७ जना पाएर कूल समानुपातिकमा ५१.८२ प्रतिशत पदमा आफ्नो सांसद विजयी बनाउन सफल भएको छ। यो ऐतिहासिक सफलता र विरासतलाई कायम गर्न रास्वपाले जनताले महशुस गर्ने गरी सुशासनको प्रत्याभूति दिनु पर्ने छ भने जनताका दिनदैन्निकीमा राहत, युवा रोजगारी सृजना र भ्रष्टाचारको समूल नष्ट गर्न भ्रष्टाचारीहरूलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने गहन जिम्मेवारी र चुनौती छ।


समानुपातिक निर्वाचन प्रणालीतर्फ १,१२,८०,६१७ मत खसेकोमा १,०८,३५,०२५ (९६.०५%) मत सदर भएको निर्वाचन आयोगले जानकारी गराएको छ। समानुपातिकतर्फ रास्वपाले कूल समानुपातिक मत ५१,८३,४९३ प्राप्त गरेको छ जुन कुल समानुपातिक मतको ४७.४८ प्रतिशत मत प्राप्ति हो। यस अनुसार रास्वपाको तर्फबाट ५७ जना समानुपातिक साँसदहरूको सूची निर्वाचन आयोगले प्रमाणित गरेको छ।


उता प्रतिनिधिसभा सदस्यको लागि कुल १,८९,०३,६८९ मतदातामध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १,११,६८,०३२ मतदान खसेको र त्यसमध्ये १,०५,५९,०१७ (९४.५५%) मत सदर भएको निर्वाचन आयोगले जानकारी गराएको छ।



निर्वाचन आयोगले प्रकाशन र प्रमाणित गरेको रास्वपाको तर्फबाट ५७ जना समानुपातिक साँसदहरूको सूची यस प्रकार छः


खस–आर्यतर्फः

प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी आचार्य, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुवर क्षेत्री, टीका संग्रौला (पिछडिएको क्षेत्र), क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मन्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र), ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईं (अपांगता)


थारूतर्फः

गीता चौधरी, करिश्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी


मुस्लिमतर्फः

समिना मियाँ, अफ्सना बानु, गजाला शमिम मिकरानी


मधेसीतर्फः

पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, डा. अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरी, पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्ण


दलितकर्फः

रिमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा, खिमा विक र प्रकाशचन्द्र परियार (दर्जी)


आदिवासी जनजातितर्फः

बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुज, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, डा. राम लामा, खुस्बुसरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पा



त्यसैगरी, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने देहायका ६ दलहरुबाट निम्नानुसारको संख्यामा उम्मेदवारहरु निर्वाचित हुनेगरी दलले प्राप्त गर्ने सिट संख्या निर्धारण भएको छः


राजनीतिक दलको नाम निर्वाचित हुने समानुपातिक संख्याः



१. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५७

२. नेपाली कांग्रेस (नेका) २०

३. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (एमाले) १६

४. नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ९

५. श्रम संस्कृति पार्टी ४

६. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४


राजनीतिक दलको नाम र प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रत्यक्षतर्फको संख्याः


१. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५

२. नेपाली कांग्रेस (नेका) १८

३. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (एमाले) ९

४. नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ८

५. श्रम संस्कृति पार्टी ३

६. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १

७. स्वतन्त्र १


अन्य दलहरूको समानुपातिक सूची ईमेज फाईलमा हेर्नुहोला।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फ विजयी १२५ सांसदहरूको सूचीः


१. वालेन्द्र शाह — झापा–५

२. धनन्जय रेग्मी — स्याङजा–१

३. झवि लाल डुम्रे — स्याङजा–२

४. डा. लेखजंग थापा — रूपन्देही–३

५. हरि ढकाल — चितवन–१

६. लाल बिक्रम थापा — सुनसरी–२

७. सुलभ खरेल — रूपन्देही–२

८. रुबिना आचार्य — मोरङ–६

९. सुनिल लम्साल — रूपन्देही–१

१०. रवि लामिछाने — चितवन–२

११. बदन कुमार भण्डारी — काभ्रेपलाञ्चोक–२

१२. राजन गौतम — नवलपरासी (पू.)–१

१३. ठाकुर सिंह थारु — बर्दिया–१

१४. राज किशोर महतो — धनुषा–४

१५. अशोक कुमार चौधरी — सुनसरी–३

१६. नरेन्द्र साह कलवार — सर्लाही–३

१७. निशा डाँगी — झापा–१

१८. विक्रम खनाल — नवलपरासी (प.)–१

१९. कमल सुबेदी — दाङ–३

२०. नितिमा भण्डारी (कार्की) — सर्लाही–१

२१. नरेन्द्र कुमार गुप्ता — नवलपरासी (प.)–२

२२. मनिष झा — धनुषा–३

२३. शम्भु प्रसाद ढकाल — झापा–४

२४. विपिन कुमार आचार्य — दाङ–२

२५. तोसीमा कार्की — ललितपुर–३


२६. दीपक कुमार साह — सुनसरी–४


२७. देवराज पाठक — दाङ–१


२८. रबिन महतो — सर्लाही–२


२९. राजीव खत्री — भक्तपुर–२


३०. राम विनोद यादव — धनुषा–२


३१. मनिष खनाल — नवलपरासी (पू.)–२


३२. बब्लु गुप्ता — सिराहा–१


३३. रहवर अंसारी — बारा–४


३४. कृष्ण कुमार कार्की — मोरङ–२


३५. सन्तोष राजवंशी — मोरङ–४


३६. अरविन्द साह — बारा–३


३७. गणेश धिमाल — बारा–१


३८. खडक राज पौडेल — कास्की–१


३९. शिव शंकर यादव — सिराहा–२


४०. जगदिश खरेल — ललितपुर–२


४१. आसिका तामाङ — धादिङ–१


४२. तौफिक अहमद खान — रूपन्देही–५


४३. प्रकाश पाठक — झापा–३


४४. पुष्पा कुमारी चौधरी — सप्तरी–१


४५. स्वर्णिम वाग्ले — तनहुँ–१


४६. बिना गुरुङ — कास्की–३


४७. प्रदिप विष्ट — काठमाडौं–१०


४८. गणेश कार्की — मोरङ–३


४९. गणेश पौडेल — रौतहट–४


५०. सिताराम साह — सप्तरी–४


५१. तपेश्वर यादव — सिराहा–४


५२. प्रकाश गौतम — मकवानपुर–१


५३. अमरेश कुमार सिंह — सर्लाही–४


५४. चन्दन कुमार सिंह — बारा–२


५५. डोल प्रसाद अर्याल — काठमाडौं–९


५६. हरी प्रसाद भुसाल — अर्घाखाँची–१


५७. प्रमोद कुमार महतो — महोत्तरी–१


५८. सुनिल के.सी. — काठमाडौं–२


५९. मोहन लाल आचार्य — कपिलबस्तु–१


६०. दिपक राज बोहरा — कञ्चनपुर–२


६१. धर्म राज के.सी. — लमजुङ–१


६२. रुकेश रन्जित — भक्तपुर–१


६३. अमर कान्त चौधरी — सप्तरी–३


६४. सुरेश कुमार चौधरी — बाँके–१


६५. दिपक कुमार साह — महोत्तरी–२


६६. श्रीराम न्यौपाने — तनहुँ–२


६७. उज्ज्वल कुमार झा — महोत्तरी–३


६८. जगदीश खरेल — दोलखा–१


६९. शम्भु कुमार यादव — सिराहा–३


७०. सुधन गुरुङ — गोरखा–१


७१. अचुत्तम लामिछाने — नुवाकोट–२


७२. आनन्द बहादुर चन्द — कैलाली–५


७३. उत्तम प्रसाद पौडेल — कास्की–२


७४. रमेश कुमार सापकोटा — सुर्खेत–२


७५. सुशील कुमार कानु — पर्सा–२


७६. सस्मित पोखरेल — काठमाडौं–५


७७. पारश मणि गेलाल — उदयपुर–१


७८. आशा झा — मोरङ–५


७९. गौरी कुमारी — महोत्तरी–४


८०. प्रशान्त उप्रेती — मकवानपुर–२


८१. रामाकान्त प्रसाद चौरसिया — पर्सा–३


८२. श्रीधर पोख्रेल — बर्दिया–२


८३. सागर ढकाल — गुल्मी–१


८४. मधु कुमार चौलागाई — काभ्रेपलाञ्चोक–१


८५. खगेन्द्र सुनार — बाँके–३


८६. पुकार बम — काठमाडौं–४


८७. इन्दिरा राना मगर — झापा–२


८८. राजेश कुमार चौधरी — रौतहट–१


८९. खेम राज कोइराला — कैलाली–४


९०. रामजी यादव — सप्तरी–२


९१. कन्हैया बनिया — रूपन्देही–४


९२. टेक बहादुर शाक्य — पर्सा–४


९३. शिशिर खनाल — काठमाडौं–६


९४. गणेश पराजुली — काठमाडौं–७


९५. विक्रम थापा — कपिलबस्तु–२


९६. सुशान्त वैदिक — प्यूठान–१


९७. यज्ञमणि न्यौपाने — मोरङ–१


९८. रविन्द्र पटेल — रौतहट–३


९९. बुद्धि प्रसाद पन्त — पर्सा–१


१००. ज्ञानेन्द्र सिंह महता — कञ्चनपुर–३


१०१. माधव बहादुर थापा — पाल्पा–२


१०२. कविन्द्र बुर्लाकोटी — गोरखा–२


१०३. सागर भुसाल — पर्वत–१


१०४. बोध नारायण श्रेष्ठ — धादिङ–२


१०५. सोविता गौतम — चितवन–३


१०६. कृष्ण हरी बुढाथोकी — रामेछाप–१


१०७. विराज भक्त श्रेष्ठ — काठमाडौं–८


१०८. भरत प्रसाद पराजुली — सिन्धुपाल्चोक–१


१०९. जनक सिंह धामी — कञ्चनपुर–१


११०. बुद्ध रत्न महर्जन — ललितपुर–१


१११. विक्रम तिमिल्सिना — नुवाकोट–१


११२. हरि मोहन भण्डारी — बैतडी–१


११३. सुशील खड्का — बाग्लुङ–१


११४. जगत प्रसाद जोशी — कैलाली–३


११५. तारा प्रसाद जोशी — डडेलधुरा–१


११६. के.पी. खनाल — कैलाली–२


११७. राजु नाथ पाण्डे — काठमाडौं–३


११८. आशिष गजुरेल — सिन्धुली–२


११९. कोमल ज्ञवाली — कैलाली–१

१२०. गोविन्द पन्थी — गुल्मी–२

१२१. धनेन्द्र कार्की — सिन्धुली–१

१२२. रन्जु न्यौपाने — काठमाडौं–१

१२३. सुर्य बहादुर तामाङ — उदयपुर–२

१२४. विश्व राज पोखरेल — ओखलढुंगा–१

१२५. सोम शर्मा — बाग्लुङ


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page