top of page

न्यू योर्ककी बहुप्रतिभाशाली नेपाली कलाकार बसन्ती राईको “बेबी बसन्ती” हेर्ने हैन?

Updated: Special: बहुप्रतिभाशाली नेपाली-अमेरिकी कलाकार बसन्ती राईलाई न्यू योर्कमा नचिन्ने को होला? विगत पचिस वर्ष अर्थात सन् १९९७ देखि हालसम्म अमेरिकाभर चार सयभन्दा बढी लाईभ टेजशोहरूमा नेपाली नृत्य र गायन प्रस्तुत गरेर नेपाली साँस्कृतिक पहिचानलाई अमेरिकी भूमिमा चिनाउने गर्विली नेपाली चेली, कलाकार बसन्ती राईको नौलौ प्रस्तुति “बेबी बसन्ती” म्यूजिक भिडियो भर्खरै रिलिज भएकोछ। हेर्ने हैन?


बेबी बसन्ती म्यूज़िक भिडियोः


उनकै स्वर र अभिनय रहेको “बेबी बसन्ती” नेपाली पप गीतको रचनाकार र संगितकार नेपाली सेनाका पूर्व मेजर, न्यू ह्याम्पसायर अमेरिका निवासी सर्जक राजेश गुरूंग 'रहर' हुन् भने निर्देशन र कोरियोग्राफ़ी गम्भीर विष्टले गरेका छन्। कलाकारहरू आकाश श्रेष्ठ, सुरवीर पण्डित र उमेश राई उर्फ फुलेन देविकी आमाले बसन्ती राईलाई साथ दिएकाछन्।


सोर्ह वर्षको किशोरावस्थामा अमेरिकामा पहिलो पटक पाईला टेकेकी बसन्ती राई नेपालको झापा जिल्लामा जन्मिएकी हुन् भने युवावस्था अमेरिकामा परम्परागत नेपाली नृत्य, गीतसंगीतको प्रस्तुती र प्रवर्द्धनमा बिताएकिछिन्। यस अघि उनको राजेश पायल राईसंग गाएको “सोई ढोले सोई” गीत युट्यूबमा ४.५ मिलियन (पैतालिस लाख) ले हेरिएकोछ भने उनको स्वर र सुपरस्टार राजेश हमालसंग अभिनय रहेको “लाने भए लैजाउ कान्छा”, गौरव पहाडी अभिनित "झुम्के बुलाँकी", बाबु बेगतीसंग “नानु बाबु” र शंकर बिसीसंग “बरको छाँया” म्यूजिक भिडियोहरू यसअघि रिलिज भैसकेकोछ।


कलाकार बसन्ती राई उमेरले परिपक्क बन्दै गर्दा नृत्य र गीत संगीतमा मात्र हैन, नेपाली सामाजिक संघसंस्थाहरूमा पनि उनले उत्तिकै सकृयता र नेतृत्व दिन थालेकीछिन्। उनी हाल नेपाली अमेरिकन कलाकार संघको वरिष्ठ उपाध्यक्ष हुन् भने हामी नेपाली ग्लोबल र युनाईटेड किरात राई अर्गनाईजेसनको पनि वरिष्ठ उपाध्यक्ष बनेर नेतृत्वमा ह्याट्रिक गरेकीछिन्।


कलाकार बसन्ती राई आमा-बाबाका साथ न्यू योर्क सहरमा स्थायी बसोवास गर्दछिन्। उनी परिवारमा माईली छोरी हुन् भने उनका एक दिदी, २ बहिनी र ३ भाई छन्।


कलाकार बसन्ती राईको साँगितिक यात्राले अझ शिखर चुमोस्।


Watch more of Basanti Rai:







0 comments
bottom of page