top of page

बीबीसी को १०० नारी २०२० मा १९ वर्षीय नेपाली चेली सपना रोका मगर

Writer's picture: Nepalism.comNepalism.com


Exclusive: विश्व प्रसिद्ध बेलायती संचार माध्यम बीबीसी (BBC) को वार्षिक छनौट शृङ्खला BBC 100 Women (विश्वका १०० नारी) मा नेपालकी १९ वर्षीय सपना रोका मगर चुनिएकीछिन्।विश्वभरका १०० नारीहरूमा यो वर्ष नेपालबाट एक मात्र नारी सपना रोका मगर परेकी हुन्।उनी काठमाण्डौंस्थित पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापनमा विगत दुई वर्षदेखि संलग्न छिन्।


बीबीसीले सन् २०१३ देखि BBC 100 Women सूची प्रकाशित गर्दै आएको छ । यस अघि ७ नेपाली नारीले BBC 100 Women (विश्वका १०० नारी) सूचीमा चुनिएकाछन्।


सपनाले आफू गौरवान्वित भएको बताउँदै बीबीसीसंग भनेकिछिन्- ‘यसबाट मैले थप प्रोत्साहन पाएकी छु। अनि यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो।’


छनौटपछि बीबीसीले सपना रोका मगरबारे यस्तो लेखेकोछ:


“After becoming homeless for three months, Sapana travelled to Kathmandu where she became involved in an organisation that cremates unclaimed bodies.


The bodies of those who have died from Covid-19 are strictly managed by the Nepalese army. Sapana’s organisation retrieves the abandoned bodies from the street or mortuaries and arranges for them to be taken to hospital for post-mortem examinations. If the body remains unclaimed for 35 days, the organisation brings it to the crematorium and performs the Dagbatti rituals, which in Hindu culture are usually performed by the son of the deceased.”


म्याग्दी जिल्लाको मंगला गाउँ घर भएकी सपनाले बेवारिसे लास व्यावस्थापनमा संलग्न बिनयजंग बस्नेतको बेवारिसे लास व्यावस्थान तथा बेसाहाराको लागि पुनर्स्थापन केन्द्रसंग मिलेर कानूनी हद ३५ दिनसम्म दावी नगरिएको वेवारिसे लासको दाहसंस्कार र क्रियाक्रम गरेर गुमनाम लाशको सदगत गरिदिएर मृत्यूपछिको संस्कार समापन समेत गर्दछिन्। बिनयजंग बस्नेतलाई उनले आफ्नो धर्म बाबा बनाएकीछिन्। सपनाले उक्त पुनर्जीवन केन्द्रमार्फत सयौं असहायहरूलाई निःशुल्क खाना पनि खुवाउँदै आएकी छन् । सपनाले कक्षा १२ को पढाई सकेकीछिन्। आफूले जीवनमा प्रेममा धोकापाएपछि आत्महत्या गर्न समेत तम्सिएकी सपना केही समय घरबारबिहिन (होमलेस) जीवन जीउनबाध्य भएकी थिईन् तर सपनाले पुनर्जीवित हुने अठोट गरिन् जुन अहिले उनले सबैभन्दा खुशीको क्षण भनेकै बेवारिसे लासहरूको दाहसंस्कार (जलाउनु) र सदगद गरिदिनु रहेको बताएकिछिन्।


बीबीसीको BBC 100 Women (विश्वका १०० नारी) सूचीमा चुनिएका नेपाली नारीहरूमा यस अघि बोनिता शर्मा (२०१९), उमादेवी बादी (२०१८), ईन्दिरा राना मगर (२०१७), चनिरा बज्राचार्य (२०१६), ल्हाक्पा शेर्पा (२०१६), दर्शन कार्की (२०१४) र जया लुईटेल (२०१४) छन्।

1 comment

1 Comment


Allen N
Allen N
Sep 26, 2021

Thanks for thiss

Like
  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page