top of page

पत्रकार अखण्ड भण्डारीको ‘बोरा’ उपन्यास अपहेलित आमाको कथा

Special: वरिष्ठ पत्रकार एवं चर्चित लेखक अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक एवं लेखक भण्डारीको ‘बोरा’ उपन्यास नेपाली समाजको सत्य घटनामा आधारित एक अपहेलित आमाको कथामा बाँधिएको जीवनबृति हो।


पिसबुक प्रालीद्वारा प्रकाशित उपन्यासमा ४७० पृष्ठ छ । पुस्तकको मूल्य रु ७ सय छ।


नेपाल सरकारको प्रबल जनसेवा श्री (चतुर्थ) बाट विभूषित संचारकर्मी भण्डारी लेखन र सम्पादनमा उम्दा कलमजिवी मानिन्छन्।उनको मिडिया लेखन् कृति ‘समाचारको भाषा’ र प्रवासी पीडाको उपन्यास ‘मलाया एक्सप्रेस’ चर्चितछन्।


नेपालको चितवन, धादिंग र गोर्खा जिल्लाको विकट ओडारहरूमा एक्लो जीवन बिताई रहेका चेपांग जनजाति आदिवासीहरूबारे उनीद्वारा लिखित र निर्देशित “ओडारको मुस्कान” (The Cave Smile) डकुमेन्ट्री निर्मित छ।


संचारकर्मी भण्डारीलाई नेपालिजम डट कम परिवारको वधाई छ।

0 comments
bottom of page