नेपालै नभए हामी नेपाली कहाँ रहौंला ?

-Pradeep Pariyar Thapa
पृथ्वीनारायण शाहको देनलाई सम्झिदा
Exclusive: "मेरा साना दु:खले आर्ज्याको मुलुक होइन, यो चार वर्ण छात्तिश जात सबैको साझा फूलबारी हो सबैलाइ चेतना भया" यो अभिव्यक्ती हो- वर्तमान नेपालको एकिकरण अभियन्ता राजा पृथ्बीनारायाण शाहको । आजभन्दा साढे दुई सय वर्ष अघी अभिव्यक्त सो उक्तिबाट पृथ्बीनारायाण शाहले गोर्खा राज्यको बिस्तारबाट बन्ने मुलुक सबैको साझा मुलुक बनाउने सपना देखेको बुझिन्छ ।पृथ्बीनारायाण शाहले नेपालको बाईसे-चौबिसे राजा रजौटाहरुलाई गोर्खा राज्यको बिस्तारमा गाभ्दै बृहत्तर देश, जुन पछि नेपाल देशको रुपमा कहलिन पुग्यो, बनाउन थालनी नगरेको भए अहिले हामी नेपाली भनेर चिनिने थियौं होला त ? सन् १९४७ मा भारतले बृटिश राजबाट उन्मुक्ती पाउँदा भारतमा ५६५ राजा रजौटाहरु थिए र स्वतन्त्र भारतको उदयसंगै रजौटा प्रथाको पनि अन्त्य हुन पुगेको ईतिहास बुझ्नेहरुले नेपालमा तत्कालिन बिभिन्न राज्य र रजौटाहरुको अस्तित्वको निरन्तरताको परिकल्पना गर्न सक्दैन ।
पृथ्बीनारायाण शाहले व्यक्त गरेको बिचार "नेपाल दुई देश बिचको तरुल हो" आज पनि सान्दर्भिक छ । त्यतिखेरै उत्तरतिर भोट र दक्षिणतिर भारतको बृटिश राजको साम्राज्यवादी नितिका कारण नेपाल जोखिममा थियो । अहिले उत्तरको छिमेकी मुलुक चीन र दक्षिणको छिमेकी राष्ट्र भारतसंग नेपालले सन्तुलित परराष्ट्र नीति अपनाउनु अझ जरूरी भएको छ। आजको विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पृथ्बीनारायाण शाहको अवसान भएको एक वर्ष पछिमात्र सन् १७७६ मा अहिलेको अमेरिकाका अभियन्ताहरुले बृटिश साम्राज्यबाट "संयुक्त राज्य अमेरिका" स्वतन्त्र भएको घोषणा गरेका थिए ।
को हुन् पृथ्बीनारायाण शाह ?
पृथ्बीनारायाण शाहका बाजे पृथ्बिपतिका शाहको बिसं १७७३ मा देहाबसानपछि यिनका बुवा नरभूपाल शाह गोर्खा राज्यको राजा भएका थिए । नरभूपालका ४ वटी रानीहरु थिए - जेठी रानीखाँची (हालको अर्घाखाँची) राज्यकी चन्द्रप्रभा नि:सन्तान भैइन् भने माईली रानी पाल्पाली राजागन्धर्ब सेन मगरकि छोरी कौश्ल्यावतीबाट पृथ्बीनारायण शाह र दलमर्दन शाह जन्मिए । त्यस्तै, साईली रानी पर्वतकी राजकुमारी बुद्धिमतीबाट बृन्दकिशोर शाह र सुरप्रताप शाह जन्मेका थिए भने कान्छी रानी तनहुँका राजा दिग्बन्धन सेनकी छोरी शुभद्रावतीबाट महोमद्दम्कृती साह र दलजित शाह जन्मेका थिए । सबै रानीहरु मध्येबाट जन्मिएका छोराहरुमा सबैभन्दा जेठा भएका कारण पृथ्बीनारायाण शाह राज उत्तराधिकारी युवराज बनेका थिए ।