top of page
Writer's pictureNepalism.com

न्यू योर्कमा नेपाली कलाकारहरूको दशैं-तिहार साँझ हेर्ने हैन?

Updated: Oct 2, 2024

Updated: Special: न्यू योर्कमा दशकौं नेपाली गीतसंगितलाई जिवन्त राख्ने कलाकारहरूले यहीं सेप्टेम्वर २८ तारिख “दशैं-तिहार विविध साँस्कृतिक साँझ-२०२४” को आयोजना गरेकाछन्। हिमालय साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको सो साँगितिक साँझमा न्यू योर्कलाई आफ्नो कर्मथलो बनाएका नेपाली चर्चित गायक गायिका र संगीतकारहरूको लाईभ ब्याण्ड प्रस्तुति रहनेछ। दशैं-तिहारको पूर्व संध्यामा मालसिरीको धुन र तिहारको रौनकमा सेप्टेम्वर २८ तारिखमा डाकिएको सुमधुर सांगितिक साँझमा रमाउने हैन त?

हिमालय साँस्कृतिक प्रतिष्ठानले स्थापनाकाल सन् २०२१ देखिनै नेपाली कला संगितका धरोहरहरूलाई सम्झिदै आएकोछ। चाहे सम्झनामा नारायण गोपाल सांगितिक साँझ होस् या स्व. भजनशिरोमणि भक्तराज आचार्य र संगीतकार स्व. नोर्वु छिरिंग स्मृति सभा, प्रतिष्ठानले नेपाली सुमधुर संगीतका स्रष्टाहरूलाई सम्झिने परम्पराको थालनी गरेकोछ।


अमेरिकामा नेपाली साँस्कृतिक पहिचान कायम गर्न तम्सिएको हिमालय साँस्कृतिक प्रतिष्ठान र यस प्रतिष्ठानसंग जोडिएका नेपाली कलाकारहरूको सांगितिक जमर्को सराहनीय छ।

0 comments

Comments


bottom of page