सभामुख बने डिपि अर्याल, रास्वपाले जन्माएको अर्को रवि
- Nepalism.com

- Apr 5
- 1 min read

Updated: Exclusive: नेपालको प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य एवं प्रथम उपाध्यक्ष डोलप्रशाद (डिपि) अर्याल निर्विरोध निर्वाचित भएकाछन्। नवनिर्वाचित संसदमा रास्वपाको झण्डै दुईतिहाई बहुमत रहेको छ। काठमाण्डौं क्षेत्र नं.९ बाट प्रत्यक्ष निर्वाचित सांसद अर्याल यस अघिको संसदमा समानुपातिक साँसद र श्रम मन्त्री रहेर व्यवस्थापिका र कार्यपालिकाको भूमिका सफलताकापूर्वक निभाएको अनुभव छ। उनलाई रास्वपा सभापति एवं सांसद रवि लामिछानेले सभामुख पदकालागि प्रस्ताव गरेका थिए। निवर्तमान ओली सरकारले लामिछानेलाई प्रतिशोधपूर्ण मुद्दामा फँसाएर बन्दी बनाएपछि पार्टीलाई बचाईराख्ने मात्र हैन अझ सशक्त वैकल्पिक शक्तिकोरूपमा निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका अर्याल रास्वपाको प्रवास विभागको संयोजक रहेर ४० भन्दा बढी मुलुकहरूमा पार्टी विस्तार गर्न सफल भएका थिए। रविका हितैषी डिपि विगत तीन वर्षको शैशवावस्थामा रास्वपा एक राजनैतिक दलकोरूपमा निर्माण हुँदै गर्दा सम्भवतः सबैभन्दा समर्पित र वफादार पार्टी नेताकारूपमा उदाएका अर्को रवि हुन्। अहिले हजारौं रविहरू रास्वपामा जन्मिसकेकाछन्।

संसदलाई नेपाली काँग्रेस र एमाले नेताहरूद्वारा शिर्फ रविलाई फँसाउन तीन तीन महिनासम्म संसद अवरूद्ध गरिंदाका तीतो र अनुत्पादक अनुभूति पनि डिपिसंग छन्। अबको पाँच वर्ष तीन महिना हैन तीन दिन पनि संसद अवरूद्ध गर्ने छुट र समय नयाँ संसदसंग छैन। प्रतिपक्षी दलहरूका नालायक र भ्रष्ट नेताहरू जनताबाट संसदको ढोका बाहिरै राखिएको अवस्था छ। यो जनताको म्यान्डेटलाई रास्वपाले हरेक दिन जनाकांक्षा अनुसार प्रतिफल दिने गरी काम गर्नु पर्ने गहन दायित्व छ।

शालिन व्यक्तित्व अर्यालले प्रतिपक्षहरूलाई पनि साथ लिएर सभामुखको भूमिका प्रभावकारीरूपमा निभाउनेछन् भन्ने विश्वास लिन सकिन्छ। नेपालिजम वहाँको कार्यकाल सफलताको कामना गर्दछ।




Comments