top of page

न्यू योर्कमा डा. महावीर पुनको नेपाल बनाउने कुरा सुन्ने हैन ? जुलाई ३ तारिख । $35K+ उठीसकेको घोषणा


Exclusive: न्यू योर्कमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, जसको सवल नेतृत्वमा नेपालमा कोरोना महामारीका बेला पन्ध्र हजारभन्दा बढी पिपिई नेपालका सातै प्रदेशका तीन सय अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई नि:शुल्क वितरण गर्न सफल रह्यो, संग जुलाई ३ तारिखको स्वागत तथा अन्तर्कृया कार्यक्रममा व्यक्तिगत र संघसंस्थाहरूबाट झण्डै $ ३५ हजार डलरभन्दा बढी अनुदान हस्तांतरण गर्ने धमाधम घोषणा भएकोछ। अमेरिकाभरका ५३ मध्ये सम्पन्न ३० वटा कार्यक्रमहरूबाट दुई लाख डलर बढी अनुदान संकलन भैसकेकोछ। जुलाई ३ को शनिवार बेलुकी ७ बजे शेर्पा किदूग हल ज्याक्सन हाईट्समा आयोजना हुँदैछ। डा. महावीर पुनको नेपाल बनाउने कुरा सुन्ने हैन ?

उक्त कार्यक्रममा सहभागी हुने विवरण निम्नानुसार छ:


Date: Saturday, July 3rd, 2021

Time: 7-9 pm EST

Venue: United Sherpa Associaiton Hall

41-01, 75th St, Queens, NY 11373

Event link: https://fb.me/e/3PBYahxIk


न्यू योर्क कार्यक्रममा डा. पुनलाई अनुदान हस्तांतरण गर्ने निधो गरि सकेका संघसंस्था र व्यक्तित्वहरूमा अधिकार $15,000; शेर्पा किदूग अमेरिका $8,000+; मगर संघ अमेरिका $5,000+; कानूनविद केशवराज सेढाई $3,000; अष्टमाया फाउण्डेसन (समीर महर्जन/सूर्य श्रेष्ठ महर्जन) $1,000; वुमन फर कज (WFC) $500 आदि छन्। कार्यक्रममा उपस्थित भएर अनुदान हस्तांतरण गर्ने ईच्छित संघसंस्था र महानुभावहरूको लर्को नै रहेकोछ। अपडेट जारी छ।


न्यू योर्क कार्यक्रमको हल र खाजाकोको प्रायोजन शेर्पा किदूक अमेरिकाले गरेकोछ।