top of page

लाखौंका ‘दृष्टिदाता’ नेपाली गौरव डा. सण्डुक रुइटलाई रू. तेह्र करोड राशिको मानवताकोलागि ईसा पुरस्कार

-प्रदीप परियार थापा

Updated: Exclusive: नेपाल र नेपालीका गौरव तथा विश्व प्रसिद्ध नेत्र विशेषज्ञ ६८ वर्षीय डा. सण्डुक रुइटलाई बहराईनका पूर्व राजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापित रू. तेह्र करोड राशिको मानवता सेवाको लागि ईसा पुरस्कार (ISA Award for Service to Humanity) प्रदान गरिएको छ। विगत ३० वर्षमा डेढ लाखभन्दा बढी दृष्टिविहिनहरूलाई आँखाको नयाँ ज्योति दिएका डा. रूईटलाई विश्वभर दृष्‍टिदाता भगवान (God of Sight) भनेर चिनिन्छ तर उनी आफूलाई देवत्वकरण गरिएकोबारे सन् २०२० मा न्यू योर्कमा आयोजित एक समारोहमा भनेका थिए, “दृष्‍टिदाता भगवानको सम्बन्धमा खोइ म के भनुँ ? यो बेकारको कुरा हो ।(Regarding ‘God of Sight’, it is Bullshit.)”। तर उनको यहीं सरलता र निरन्तरको समर्पण र सत्कर्मले नै डा. रूईटलाई भगवानको असली धरतीपुत्र बनाएको हो।


के हो ईसा पुरस्कार?


हरेक दुई वर्षमा प्रदान गरिने यो ईसा पुरस्कारको नगद राशि १० लाख अमेरिकी डलरको छ। अर्थात् १३ करोड नेपाली रुपैयाँ। यो पुरस्कार प्राप्त गर्ने डा. रूइट पहिलो नेपाली र दोश्रो दक्षिण एसियाली नागरिक हुन्। यो पुरस्कार यस अघि पहिलो सन् २०१३ मा मलेशियाली चिकित्सक Tan Sri Dr Jemilah Mehmood, दोश्रो सन् २०१५ मा भारतीय शिक्षाविद Dr. Achyuta Samanta, तेश्रो सन् २०१७ मा The Children’s Cancer Hospital Egypt (Hospital 57357) र चौंथो सन् २०१९ मा ईजिप्टको The Edhi Charitable Foundation लाई प्रदान गरिएको छ।


यो पुरस्कार छनौट समितिका सात जनाको निर्णायक मण्डलले पुरस्कारका लागि प्रस्तावित १४५ व्यक्ति र संस्था मध्येबाट ६ सम्भावित चुनिएको थियो जस मध्ये डा. रुइटसंगै विश्व स्वास्थ्य संगठन फाउन्डेसन समेत सम्मि