top of page
Writer's pictureNepalism.com

रास्वपाका डा. स्वर्णिम वाग्ले झण्डै १५ हजार मतान्तरले विजयी। गठबंधन र नेपाली कांग्रेसमा बिचलन

Updated: Exclusive: नेपालको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुपरिचित अर्थविद डा. स्वर्णिम वाग्ले झण्डै १५ हजार मतान्तरले विजयी भएका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १ सय २२ मत ल्याउँदा डा. वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याएर विजय प्राप्त गरेका हुन् । त्यसैगरी, तेस्रो स्थानमा नेकपा एमाले उम्मेदवार पूर्व आईजिपी सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । गत मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा तनहुँ-१ बाट विजयी रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।वर्तमान गठबंधन र नेपाली कांग्रेसको साझा उम्मेदवार भट्टराईको निम्ति चार जना वर्तमान र पूर्व प्रधानमन्त्रीहरूले तनहुँ पुगेर मत माग्दा पनि हार व्यहोर्नु परेपछि नेपाली कांग्रेसमा बिचलनको महाभूकम्प गएको अनुमान गरिएकोछ।


चार प्रमहरू नेका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्दै डुम्रे, तनहुँमा। Photo: Govinda Bhattarai fb profile


नेका उम्मेदवार भट्टराईको पक्षमा मत माग्न नेपालका तीन पूर्व प्रधानमन्त्रीहरू शेरवहादुर देउवा, डा. बाबुराम भट्टराई र माधवकुमार नेपालका साथै वहालवाला प्रधानमन्त्री प्रचण्ड (छबिलाल) तनहुँको डुम्रे बजार पुगेका थिए भने देउवा र प्रचण्डले भट्टराईलाई जनताले जिताएर पठाए मन्त्री बनाउने भाषण गरेर काठमाण्डू फर्केका थिए। उता नेका महामन्त्री गगन थापाले आफैलाई गत मंसिर ४ को आमनिर्वाचनमा भरमग्दुर सघाएका डा. स्वर्णिम वाग्लेलाई टुरिष्ट उम्मेदवार भनेर मानमर्दन गरेका थिए। तर तनहुँका जनताले नेका र गठबंधनका नेताहरूको कुरामा विश्वास गरेनन् बरू सुशासनको पक्षमा र भ्रष्टाचार विरूद्धको मुल मुद्दा उठाउँदै जनता माझ पुगेको, सात महिना अघि मात्र स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा. वाग्लेलाई भारी मतले जिताए।


बिचलनको अर्को कडी गत मंसिर ४ मा सम्पन्न चुनावमा कांग्रेस र एमालेले प्राप्त गरेको मत यसपाली जोगाउन सकेनन् । उतिबेला रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए ।


गत आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकाश सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए ।

रास्वपा सभापति रवि लामिछाने र डा. स्वर्णिम वाग्ले। Photo: Dr. Swarnim Wagle fb profile

0 comments

Commentaires


bottom of page