top of page

न्यू योर्कको फिप्ना महासंघको ११ सदस्सीय सल्लाहकार समिति गठन, कार्यसमितिमा ४३ प्रतिशत महिला प्रतिनिधि


Exclusive: न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को नवनिर्वाचित कार्यसमितिले पूर्णता पाउनुकासाथै ११ सदस्सीय सल्लाहकार समिति गठन गरिएको फिप्ना अध्यक्ष राज कुमार बिष्टले एक प्रेस विज्ञप्ति जारी गरी बताएका गरेकाछन्। विश्वकै राजधानी मानिने अमेरिकाको न्यू योर्क सहरमा अठार जनजातीय सामाजिक संघसंस्थाहरूको प्रतिनिधित्व गर्ने नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका हुन् भने महासंघकै ईतिहासमा सबैभन्दा बढी ४३ प्रतिसत महिला प्रतिनिधिहरू निर्वाचित भएकाछन्। फिप्ना महासंघले २०२१-२३ कार्यकालको लागि आफ्नो विधानको भाग ५ धारा २८ बमोजिम सल्लाहकार परिषदमा वेस्टर्न मिचिगन विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र लावती लिम्बु, न्यू योर्कका वरिष्ठ कानुनविद् रमेश कुमार श्रेष्ठ, एनआरएनका पूर्व क्षेत्रीय उपसंयोजक नविन शेरचन, समाजसेवी एवं व्यवसायी ग्याल्जेन नुरु शेर्पा, एनआरएन अमेरिकाको निवर्तमान उपाध्यक्ष बाबुराम (बिआर) लामा, फिप्नाका निवर्तमान अध्यक्ष लोक बहादुर लिम्बू, संचारकर्मी प्रदिप परियार थापा मगर (नेपालीजम), घ्याल्सुम्दो सेवा संस्था अमेरिका पूर्व अध्यक्ष छिरिङ राप्के लामा, गुरुङ (तमु) सोसाइटी युएसए पूर्व अध्यक्ष एवं व्यवसायी पदम गुरुङ, नेवा गुठी न्यू योर्क निवर्तमान अध्यक्ष निर्मल प्रधान र समाजसेवी एवं व्यावसायी लिला राईलाई मनोनय गरेकोछ।


उक्त विज्ञप्तिमा फिप्ना महासंघको जनवरी ८, २०२२ शनिवारको दिन बसेको कार्यसमितिको बैठकले कार्यकाल २०२१/२३ को लागि फिप्नाको विधान २००५ भाग ५ धारा २८ बमोजिम नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को सल्लाहकार पदमा मनोनित गरिएको जानकारी गराईएकोछः

फिप्ना महासंघको