top of page

अमेरिकामा पहिलो Everest Quiz Star 2020 प्रतियोगिता सम्पन्न

Writer's picture: Nepalism.comNepalism.com

वासिंगटन डिसी: अमेरिकामा पहिलो पटक Everest Quiz Star 2020 भर्चुवल प्रतियोगिता सम्पन्न भएकोछ। नासो कम्यूनिटी अमेरिकाद्वारा वर्ष २-५ र वर्ष ६-१० को दुई समूहका नेपाली अमेरिकन बालबालिकाहरू बिच प्रतियोगिताको आयोजना भएको हो।


भर्चुवलरूपमा आईतवार आयोजित पहिलो पटक Everest Quiz Star 2020 प्रतियोगितामा ३० जना बालबालिकाहरू सहभागी रहेका थिए। बीस जना सहभागी वर्ष २-५ को समूहबाट प्रविन गहतराज प्रथम भएकाछन् भने दोश्रो स्थानमा विवेक विश्वकर्मा र तेश्रो स्थानमा अधिराज सिंह विजयी भएकाछन्। त्यसैगरी, वर्ष ६-१० को समूहमा मनिष बिके प्रथम भएकाछन् भने दोश्रो स्थानमा रिवाज कार्की र पल विश्वकर्मा र तेश्रो स्थानमा कृपा विश्वकर्मा विजयी भएकाछन्।


यो प्रतियोगिताकि संयोजक सृजना परियारले Quiz संचालन गरेकी थिईन्। नासो कम्यूनिटी अमेरिकाको नवनिर्वाचित अध्यक्ष राजेन्द्र सेन्चुरी हुन्।अमेरिकामा हुर्किदै गरेका नेपाली बालबालिकाहरूलाई प्रश्नोत्तरी (Quiz) जस्ता कार्यक्रमहरू मार्फत नेपाल र नेपालीपनबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकहरूले जानकारी गराएकाछन्।

0 comments

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page