top of page

नेपालको जेनजी आन्दोलनले बनायो पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की, संसद विधटन, आम निर्वाचन फागुन २१

Milestones achieved: Former First Woman Chief Justice Sushila Karki becomes first Prime Minister of Nepal after powerful Gen Z movement that started on September 8, 2025.
Milestones achieved: Former First Woman Chief Justice Sushila Karki becomes first Prime Minister of Nepal after powerful Gen Z movement that started on September 8, 2025.

Updated: Exclusive: नेपालको जेनजी पुस्ताले सेप्टेम्वर ८ तारिख थालेको आन्दोलनले नेपालको पहिलो महिला प्रधानन्यायाधिसकोरूपमा ईतिहास रचेकी सुशीला कार्की, ७३, लाई नेपालको ईतिहासकै पहिलो महिला प्रधानमन्त्री बनाउन सफल भएकोछ।राष्ट्रपति रामचन्द्र पौडेलले “युवा पुस्ताद्वारा प्रकट गरिएको ईच्छा र आकांक्षा अनुसार” भन्दै “राष्ट्रपतिको अन्तर्निहित अधिकार प्रयोग गरी” पूर्व प्रधानन्यायाधिस कार्कीलाई जेनजीहरूको चाहना र सिफारिश अनुसार प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । शपथ ग्रहणको लगत्तै नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिशमा राष्ट्रपति पौडेलले संसद विधटन गर्नुकासाथै आम निर्वाचन आगामी फागुन २१ गते घोषणासमेत गरेकाछन्। जेनजी आन्दोलनकोक्रममा हालसम्म मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने धण्डै ८०० घाईते भएकाछन्।

ree

फोटो कोलाजमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसंग जेनजी युवाहरू सामूहिक फोटो खिच्दै। जेनजी युवाहरू सिंहदरवारको मुल प्रवेशद्वारको टुप्पोमा चढेर नेपाली झण्डा फहराउँदै। जेनजी आन्दोलनका अगुवा मध्येका सुदन गुरूंग नवनियुक्त प्रधानमन्त्री कार्कीलाई निहुरिएर ढोग गर्दै। यि फोटोहरू फेसबुकबाट साभार गरिएको हो। कपिराईट होल्डरहरूले सम्पर्क गर्नु होला।

ree

Nepali Gen Z youths with newly appointed Prime Minister of Nepal, Sushila Karki after her oath-taking ceremony by President of Nepal, Ram Chandra Paudel. PM Karki is holding her hand to Gen Z leader Sudan Gurung. Copyright of this photo, please contact us.


नेपालको संविधानको धारा ६१ को उपधारा ४ ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ’ भनिएको छ भने उपधारा ३ मा “राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ” भनिएको छ ।

ree

नवनियुक्त प्रधानमन्त्री कार्कीले आफ्नो पहिलो निर्णयकोरूपमा प्रतिनिधिसभा विघटन गर्न र निर्वाचन मिति तोक्न सिफारिस गरेकी थिइन् भने राष्ट्रपति पौडेलले सदर गरेका थिए ।

ree

जेनजी पुस्ताले तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारले सामाजिक संजालहरू बन्द गरेको विरूद्ध र भ्रष्टाचारको अन्त्यको माग गर्दै गत सेप्टेम्वर ८ तारिख राजधानी काठमाण्डू लगायत देशैभर विरोध प्रदर्शन गरेको थियो। तर ओली सरकारले शान्तिपूर्ण जेनजी आन्दोलनलाई दबाउन प्रहरी बल प्रयोग गर्दा आन्दोलनको पहिलो दिन १९ जनाको अनाहकमा ज्यान गएको थियो।

ree

यसैबिच, आन्दोलन शुरू भएको दोश्रो दिन जेनजी आन्दोलनले उग्ररूप लिदै प्रधानमन्त्री कार्यालय रहेको सिंहदरवार, संसद भवन, राष्ट्रपति भवन र प्रम निवास बालुवारमै आगलागी गरिदिएपछि प्रम ओली सरकार धराशायी भएको थियो भने जेनजीको आक्रमणबाट बचाउन प्रम ओली र मन्त्रीहरूलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गर्नु परेको थियो। प्रम ओलीको हठ, हेपाहा र निर्दयिताको कारण जेनजी आन्दोलनको पहिलो दिनमै प्रहरीको दमनबाट १९ जनाको ज्यान गएको कुरा जगजाहेर भने हालसम्म ३४ जनाको मृत्यू भएको छ।

साभारः OnlineKhabar.com
साभारः OnlineKhabar.com

यो नरसंहारमा नेका सभापति शेरबहादुर देउवाको विश्वासपात्र गृहमन्त्री रमेश लेखकको हात सहीदहरूको रगतले लत्पतिएको छ भने देउवा दम्पतिको जेनजी दबाउन दिएको मौन सम्मतिको परिणाम उनीहरूले भोगेकाछन्।


उता जेनजी आन्दोलनरारीहरूले सत्ता साझेदार एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी धर्मपत्नी एवं बहालवाला परराष्ट्रमन्त्री डा. आरजू देउवालाई भौतिक आक्रमण गरी घाईते बनाउनुका साथै उनीहरूको बुढानिलकण्ठस्थित घरमा आगलागी गरिदिएको थियो। आगलागी पछि देउवा दम्पतिको घरमा करोडौं (अरबौं?) नेपाली र वैदेशिक रूपैंयाँ नोटहरूको जलेको अवस्थामा अर्धकट्टी फेला परेको छ। हेर्नुहोस् SidhaKura.com को रिपोर्टिंगः


जेनजीहरूले पुराना दलका ४०० बढी नेताहरू र व्यापारिक भवनहरूमा आगो लगाएर आक्रोस पोखेका थिए।


जेनजी आन्दोलनबाट पाखा लागेका पुराना दलहरू नेका, एमाले र माओवादीका नेताहरूले संसद विघटन नगरी पुरानै संसदबाट निकास खोज्न राष्ट्रपतिलाई दबाव दिएका थिए भने रास्वपा र राप्रपा साँसदहरूले सामूहिक राजिनामा दिएर संसद विघटन गरी नयाँ निर्वाचनमा जानु पर्ने माग गरेका थिए।


यसैबिच, जेनजी युवा अगुवाहरूले संसद विधटन गरी नयाँ निर्वाचनको माग पुरा नभए राष्ट्रपति पौडेलकै विरोधमा उत्रिने कडा चेतावनी दिएपछि अन्ततः संसद विधटनको घोषणा गर्न राष्ट्रपति पौडेल वाध्य भएका थिए। जेनजी आन्दोलन पछिका ४ दिन नेपाली सेनाले शान्ति सुरक्षाको जिम्मा लिनुका साथै जेनजीहरूसंग निरन्तर सम्वाद गरी नेपाललाई नयाँ प्रधानमन्त्री चुन्न सहजता प्रदान गरेको थियो।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page