अमेरिकामा भुटानी नेपाली सर्जकहरूको पाँचौं बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान हुँदै
- Nepalism.com
- Jul 27, 2022
- 1 min read

Exclusive: ह्यारिसबर्ग, पेन्सिल्भानिया- अमेरिकाको पेन्सिल्भानिया राज्यको ह्यारिसबर्ग सहरमा यहीं जुलाई २९-३१ तारिख भुटानी नेपाली सर्जकहरूको आयोजनामा “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-५” हुने भएकोछ। समारोहका कन्भेनर साहित्यकार, व्यावसायी एवं आयोजक संस्था ग्लोवल भुटानिज लिटरेरी अर्गनाईजेसन वोर्ड अफ ट्रष्टी अध्यक्ष डेन्जोम साम्पांगकाअनुसार तीन दिने अनुष्ठानको सम्पूर्ण तयारी पुरा भएको र देश विदेशबाट पाहुनाहरू आउनेक्रम जारी रहेको बताए।भारतको सिक्किम राज्यका पूर्व मुख्यमंत्री एवं साहित्यकार पवन चाम्लिंगको प्रमुख आतिथ्यता रहने उक्त साहित्यिक सम्मेलनमा नेपालदेखि भारत, युरोप र अमेरिकामा रहेका ग्लोबल डायस्पोरा नेपाली सर्जकहरूको जमघट हुने आयोजकहरूले बताएकाछन्।
यस अघि बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको आयोजना अमेरिकाको कनेक्टिकट राज्यमा पहिलो (सन् २०१३), नेब्रास्का राज्यको ओमाहामा दोश्रो (२०१४), टेक्सास राज्यमा तेश्रो (२०१६) र न्यूजिल्याण्डमा चौंथो (२०१९) सम्पन्न भैसकेकोछ।
Kommentare