Happy Earth Day! विश्व पृथ्वी दिवसको शुभकामना !

From the Editor: योभन्दा उपयुक्त सुदिन के हुन सक्ला र मातृभूमि पृथ्वीलाई स्वस्थ, स्वच्छ र उर्वर बनाउने प्रण लिने ! आफू पनि बचौं र अरूलाई पनि बाँच्ने आधार प्रदान गरौं। सम्पूर्ण संसार एकअर्काको भरमा अडिएकोछ र एउटै विपत्तिले संसारलाई कति असर पार्छ भन्ने कुरा कोरोना महामारीले विश्वलाई पारेको तहसनहसले हामीलाई जीवनकै महत्वपूर्ण पाठ सिकाएकोछ। तर सुस्ताउनु पर्ने कुनै कारण छैन। दीगो विकासमा लागौं। सादगी र अर्ग्यानिक जीवनपद्दती अपनाऔं।जीवनको नयाँ अध्याय शुरू गरौं।

प्रियजन, नेपाली नयाँ वर्षले यहाँहरूको जीवनमा नयाँ उत्साह, सुस्वास्थ्य र शुभमंगल ल्याओस् भन्ने सतत् कामना गर्दै विसं. २०७८ को शुरूवातसंगै लामो समयदेखिको मेरो कृषि व्यावसाय गर्ने सपना र उत्कट चाहना पुरा गर्ने नयाँ मोडमा उभिएको खुशी बाँड्न चाहेकोछु। दीगो कृषि बिना समाज र राष्ट्र आत्मनिर्भर बन्न सक्दैन।USA Agro Farm को नामबाट शुरू गर्न लागेको अर्ग्यानिक कृषि त्यसैको सानो प्रयास हुनेछ। ८० रोपनी कृषियोग्य जग्गामा आगामी १० वर्षको लिज सम्झौतामा थालनी गरिएकोछ। सो समयावधि पछि पुनर्नविकरण गर्न सकिनेछ। साथै, थप जग्गा विस्तार गर्न सकिनेछ।USA Agro Farm ले प्रस्तुत गरेको नौलो कृषि परियोजनालाई गहन अवलोकनपछि छनौट गरी संचालन गर्ने अवसर प्रदान गरेकोमा Foodshed Alliance Inc., अलायन्सका Sustainable Agriculture Enterprise (SAgE) प्रोग्राम म्यानेजर एरिक डर्बी, Ridge and Valley Conservancy (RVC) र न्यू जर्सी राज्य सरकारको कृषि विभाग State of New Jersey Agricultural Development Committee प्रति आभारी छु। राज्यमा मात्र नभै राष्ट्रकै निम्ति नमूना कषि अभियान बन्ने लक्षमा पुग्न हरप्रयास गर्ने प्रण गर्दै त्यसका लागि उत्कट उत्साह, आत्मवल र विस्तृत योजना रहेको अवगत गराउँदछु। कृषिमा आत्मनिर्भर हुन सम्भव छ। समयसमयमा अपडेट गराउँदै रहनेछु। यहाँहरूको निरन्तर सद्भावको लागि संधै आभारी छु।🙏💞🙏
हाम्रो वेवसाईट: https://www.usaagrofarm.com
USA Agro Farm aims to become integral part of sustainable organic farming in the United States by positioning itself as one-stop farming platform for organic produce such as vegetables, fruits, medicinal and aromatic herbs/plants; free range, cage-free live stocks such as goats and chicken. We bring our generations of farming spirit and expertise from Nepal to USA and strive to serve local community their healthy food choice and contribute to reduce food insecurity.<