top of page

नेपाली जनताका लागि ऐतिहासिक अवसर


नेपालिजम डट कमका सम्पादकबाट

Updated:Exclusive: नेपाली जनताहरू जेन–जी आन्दोलनपछि यहीं फागुन २१ (मार्च ५) मा हुने नेपालको ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनका लागि एक निर्णायक मोडमा उभिएका छन्। नागरिकहरूलाई धेरै वर्षपछि पहिलो पटक राष्ट्रिय ढुकुटीलाई योजनाबद्ध रूपमा दोहन गर्ने र प्राकृतिक स्रोतसाधनलाई व्यक्तिगत फाइदाका लागि दुरुपयोग गर्ने जरा गाडेर रजगज गरेका राजनीतिज्ञहरूको सट्टा नयाँ विकल्पहरू रोज्ने वास्तविक अवसर प्राप्त भएको छ।



यस पटकको निर्वाचन चक्रले केवल सम्झौताभन्दा धेरै कुराको माग गर्दछ। यथास्थितिलाई स्वीकार गर्ने विलासिता अब हामीसँग छैन— निर्दोष युवाहरूको रगतले हात रंगिएका, हरेक नेपालीको समृद्ध राष्ट्रको सपना उपर डोजरले कुल्चिदै आएका नेताहरूलाई फेरि स्वीकार गर्ने अवस्था छैन।



नेपाल अझ राम्रोको हकदार छ। नेपालीहरू अझ राम्रोको हकदार छन्।


ति भ्रष्ट सत्ताधारीहरूभन्दा परिवर्तनका संवाहकहरू छान्ने, जनविश्वासमा घात गर्नेहरूलाई अस्वीकार गर्ने, र अगाडिको नयाँ मार्ग तय गर्ने हाम्रो एक युगमा एक पटक आउने ऐतिहासिक क्षण हो।


अब धेरै भयो। निर्णय हाम्रो हातमा छ। आफ्नो अमूल्य मतलाई दान होईन मत लगानी गरौं। परिवर्तनको लागि तपाईहरू तयार हुनुहुन्छ?

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page