top of page

अमेरिकामा इनास राष्ट्रिय सम्मानद्वारा ११ नेपाली सम्मानित

Updated: Special: अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले पहिलो “इनास राष्ट्रिय सम्मान-२०२२” द्वारा अमेरिकामा कला, संगीत, साहित्य, समाजसेवा, खेलकुद र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका एघार नेपाली व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानितहरुमा साहित्यकार होमनाथ सुबेदी, सामाजिक अभियन्ता डा. श्याम कार्की, सामाजिक अभियन्ता डा. बिष्णुमाया परियार, गायिका सपना श्री, चलचित्र निर्मात्री तथा कलाकार अनसुया श्रेष्ठ वन्त, खेलाडी बिना खड्का लामा तथा ईनेप्लिजका पत्रकारद्वय विश्वराज थापा र विजय थापा रहेकाछन् । यसैगरी, इनास प्रोत्साहन पुरस्कारद्वारा एनविसी टिभी अमेरिकाको द भ्वाइसकी प्रतियोगी परिजिता बास्तोला, भ्वाइस अफ नेपालमा सहभागी प्रनिम राई र बाल कलाकार सम्राट दाहाललाई सम्मान गरिएको छ ।


गत नोभेम्बर २६ तारिख मेरिल्याण्ड राज्यको बाल्टिमोरमा इनास अमेरिकाद्वारा आयोजित “इनास राष्ट्रिय सम्मान तथा साँस्कृतिक साँझ-२०२२” कार्यक्रममा उक्त सम्मान गरिएको हो । इनास ७० भन्दा बढी देशहरूमा विस्तारित छ ।


इनास राष्ट्रिय सम्मानद्वारा सम्मानित हुने व्यक्तित्व साहित्यकार होमनाथ सुबेदी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संस्थापक अध्यक्ष हुन् ।


अर्का सम्मानित व्यक्तित्व सामाजिक अभियन्ता डा. श्याम कार्की अमेरिकामा ५० बर्ष अगाडिदेखि बस्दै आएका, नेपाली र अमेरिकी बिभिन्न संघ/ संस्थामा आबद्ध भै सेवा गरी नेतृत्व लिएका नेपाली व्यक्तित्व हुन्।


यसैगरी, अर्की सम्मानित व्यक्तित्व न्यू जर्सी राज्य निवासी सामाजिक अभियन्ता डा. बिष्णुमाया परियार काउंटीस्तरीय छ लाख जनसंख्या सेवाग्राही रहेको घरेलु हिंसा र यौन हिंसा बिरुद्ध कृयाशील संस्था हड्सन स्पिक्सकी वरिष्ठ कार्यक्रम निर्देशक र नेपालमा तथाकथित दलित, विपन्न र सिमान्तकृत समुदायका महिला र बालवालिकाहरूको निम्ति कार्यरत एड्वान संस्थाकि संस्थापक अध्यक्ष हुन्। डा. परियारको संघर्षकथा अमेरिकाको मासाचुसेट्स राज्यको शिक्षा विभागले कक्षा ७ को पाठ्यक्रममा समावेश गरी अध्यापन शुरू गरेको छ भने विश्वकै अग्रणी पाठ्यक्रम प्रकाशक म्याकग्रो हिलको “दि राईटर्स माईण्टसेट” उच्चशिक्षा पाठ्यपुस्तकमा समेत उनको जिवनी समावेश छ। डा. परियार हाल न्यू राज्य सरकारको एसियन अमेरिकन प्यासिफिक आईल्याण्डर कमिसन (एएपिआई) को कमिस्नर र जर्सी सिटी सहरको महिला आयोग र रोजगारी र तालिम समितिकि सदस्य समेत रहेकी छिन्।