न्यू योर्कमा २९ औं विश्व आदिवासी दिवस २०२३ नेपाली आदिवासीहरूको विविध साँस्कृतिक झाँकीसहित मनाईयो
- Nepalism.com
- Aug 28, 2023
- 1 min read

Special: संयुक्त राष्ट्र संघले हरेक वर्षको अगष्ट ९ लाई विश्व आदिवासी दिवसकोरूपमा मनाउँदैआएकोछ। सो अवसरलाई न्यू योर्क सहरमा रहेका सत्रवटा नेपाली आदिवासी जनजाति संघसंस्थाहरूसंजाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले गत शनिवार अगष्ट २६ तारिखनेपाली आदिवासीहरूको विविध साँस्कृतिक झाँकीहरूको प्रस्तुतिसहित सम्पन्न गरेकोछ।

सो अवसरमा न्यू योर्क सहरको कुईन्सस्थित ज्साक्सन हाईट्समा नेपाली आदिवासीहरूको विविधसाँस्कृतिक झाँकीहरूको पदयात्रा आयोजना गरिएको थियो। झाँकीले नगर परिक्रमा गरी डाईभर्सिटीप्लाजामा गएर सभा विसर्जन गरेको थियो।

विविध साँस्कृतिक झाँकीहरूको संयोजक फिप्नाका क्षेत्रिय उपाध्यक्ष माया लामा ह्योल्मो रहेकीथिईन् भने सह-सयोजक फिप्नाका सचिव निमा गोले तामांग (चम्पा) र सह-संयोजक युनाईटेड किरातराई अर्गनाईजेसन अफ अमेरिकाका केन्द्रिय उपाध्यक्ष समाजसेवी केशवराम राई रहेका थिए।
Comments