top of page

अमेरिकामा नारी दिवस सम्पन्न। जर्सी सिटी सहरद्वारा उपसभामुख ईन्दिरा राना मगर सम्मानित

Updated: Special: अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरमा नेपाली महिलाहरूले अन्तर्राष्ट्रिय नारी दिवस २०२३ भव्यताकासाथ मनाएकाछन्। सो अवसरमा नेपालको प्रतिनिधि सभाकी उपसभामुख एवं सुपरिचित समाजसेवी ईन्दिरा राना मगरलाई जर्सी सिटी सहरका मेयर स्टेभन फुलपले सहर घोषणापत्र (city proclamation) जारी गर्दै सम्मानित गरेकाछन्। मेयर फुलपले विश्व चर्चित सामाजिक अभियन्ता रानामगरले विगत ३२ वर्षदेखि नेपालका विभिन्न ७० भन्दा बढी जेलहरूमा बन्दी जीवन विताईरहेका दश हजारभन्दा बढी बन्दीहरू र तिनका बालबच्चाहरूलाई आफ्नो संस्था बन्दी सहायता नेपाल मार्फत स्वास्थ्य उपचार, शिक्षा, मानवअधिकार र उद्धार स्याहार पुर्याउँदै आएको मुक्तकंठले प्रसंशा गरेका हुन्।उक्त नारी दिवस समारोहमा १२ महिला वक्ताहरू र ९ पुरूष वक्ताहरू थिए।अतिथि वक्ताहरूले प्रवासी नेपालीहरूलाई नेपाल सरकारले दोहोरो नागरिकता (dual citizenship) प्रदान गरी भावी प्रवासी नेपाली पुस्तालाई नेपालसंग जोडि रहने र नेपाल फर्किने कानूनी व्यवस्था गर्नु पर्ने कुराको माग गरेका थिए।

वुमन फर कज (डब्ल्यूएफसी), एनआरएनए र बोलो बहन (हड्सन स्पिक्स) को संयुक्त आयोजनामा मनाईएको उक्त अन्तरराष्ट्रीय नारी दिवसको प्रमुख अतिथि उपसभामुख एवं सुपरिचित समाजसेवी ईन्दिरा राना मगरले दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरिएको थियो। प्रमुख अतिथि रानामगरलाई परम्परागत खादाद्वारा स्वागत गरिएको थियो।


नारी दिवस समारोहमा स्वागत मन्तव्य डब्ल्यूएफसीकी संस्थापक प्रेसिडेण्ट, हड्सन स्पिक्सकी वरिष्ठ निर्देशक, न्यू जर्सी राज्यकी एएपिआई कमिस्नर एवं एनआरएनए आईसिसी उपाध्यक्ष डा. विष्णुमायापरियारले गरेकी थिईन् भने डब्ल्यूएफसीकी वर्तमान प्रेसिडेण्ट कविना महर्जनले आभार व्यक्त गरेकि थिईन्। समारोहमा डब्ल्यूएफसीको नयाँ प्रेसिडेण्ट निशा शर्मालाई स्वागत गरिएको थियो।

सो नारी दिवस समारोहमा १२ महिला वक्ताहरू र ९ पुरूष वक्ताहरू थिए। समारोहमा मन्तव्य व्यक्त गर्नेहरूमा प्रमुख अतिथि उपसभामुख ईन्दिरा राना मगर, न्यू जर्सी राज्यकी सिनेटर एन्जेला म्याकनाईट, जर्सी सिटी काउन्सिल सदस्य मिरा प्रिन्ज-आरे, जर्सी सिटी महिला सल्लाहकार परिषद प्रमुख ट्यामी हेनरी, डब्ल्यूएफसीकी पूर्व प्रेसिडेण्ट रेणु शर्मा, एनआरएन एनसिसी अमेरिकाका प्रमुख संरक्षक एवं सोसलिष्ट ईन्टरनेसनलका उपाध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी, एनआरएनए एनसिसी अमेरिकाका पूर्व उपाध्यक्ष श्री पराजुली, संचारकर्मी प्रदीप परियार थापा मगर, एनआरएन आईसिसी उत्तर अमेरिका संयोजक समर बुढाथोकी, एनआरएनआईसिसी सदस्य संजिव श्रेष्ठ, एनआरएन आईसिसी सदस्य रश्मी थापा मगर, दर्शन ठकुरी समाज अमेरिका अध्यक्ष मिलनकुमार शाही, कान्तिपुर पब्लिकेशनको नारी पत्रिकाकी वरिष्ठ सहायक सम्पादक लक्ष्मी भण्डारी थिए।

तेसैगरी, अन्य अतिथि वकिताहरूमा मानवाधिकारवादी कानूनविद धनीराम सापकोटा, एनआरएन न्यू जर्सी च्याप्टर अध्यक्ष सूर्य तिवारी, एनआरएन न्यू योर्क च्याप्टर सचिव बासु लामिछाने, एनआरएन न्यू योर्क च्याप्टर महिला संयोजक लक्ष्मी थापा र युवा नेतृ सजना लिम्बुले सम्बोधन गरेका थिए।

सो नारी दिवस समारोहमा कलाकारहरू महादेव त्रिपाठी, बसन्ती राई, बिमल दाँगी, कविना महर्जन, जारा रीत प्रसाई, सम्राट सिंह, प्राची लिम्बु बिसुंकेले विविध कला प्रस्तुत गरेका थिए। समारोहको सन्चालन रमाना भट्ट र रसा भट्टले गरेका थिए।


जर्सी सिटी सहरद्वारा उपसभामुख ईन्दिरा राना मगर सम्मानित


नेपालको प्रतिनिधि सभाकी उपसभामुख एवं सुपरिचित समाजसेवी ईन्दिरा राना मगरलाई जर्सी सिटीस हरका मेयर स्टेभन फुलपले घोषणापत्र (proclamation) जारी गर्दै सम्मानित गरेकाछन्। मेयर फुलपले विश्व चर्चित सामाजिक अभियन्ता रानामगरले विगत ३२ वर्षदेखि नेपालका विभिन्न ७० भन्दा बढी जेलहरूमा बन्दी जीवन विताई रहेका दश हजारभन्दा बढी बन्दीहरू र तिनका बालबच्चाहरूलाई आफ्नो संस्था बन्दी सहायता नेपाल मार्फत स्वास्थ्य उपचार, शिक्षा, मानवअधिकार र उद्धार स्याहार पुर्याउँदै आएको मुक्तकंठले प्रशंसा गरेका हुन्। पढ्नुहोस् उक्त घोषणापत्र।


को हुन् उपसभामुख एवं समाजसेवी ईन्दिरा राना मगर?


बुवा प्रतापसिंह र आमा मनमाया मगरकी कान्छी छोरीका रुपमा झापा अर्जुनधारा नगरपालिका- ११ देउनियाँबस्ती सालबारीमा बिसं. २०२७ असार १८ मा जन्मिएकी सामाजिक अभियन्ता इन्दिरा रानामगरले सन् २००० मा बन्दी सहायता नेपाल (प्रिजनर्स एसिस्टेन्स नेपाल) को स्थापना गरेकी थिईन्। यस अघि उनी सुपरिचित साहित्यकार पारिजातको अभिभावकत्वमा विशेष गरी राजनीतिक बन्दी जीवनमा परेका महिलाहरू र उनीहरूको बालबच्चाहरूको हेरचाहमा खटिएकी थिईन्। आफैले संस्था स्थापना गरे देखिचैं उनले काठमाण्डूको केन्द्रीय कारागार जेलभित्र सबै प्रकारको कसुरमा परी बन्दी बनेका महिलाहरू र उनीहरूका बालबच्चाहरूका लागि प्राथमिक विद्यालय र जेलकै बाहिर ति महिलाहरूको सन्तानहरूको निम्ति डे केयर सेन्टर सन्चालन गर्दै आएकीछिन् । उनको संस्थाले हाल नेपालको बिभिन्न जिल्लाहरूमा १६ वटा बालबालिका गृह (चिल्ड्रन होम) निर्माण गरी हालसम्म बन्दीमा परेका आमाबाबुहरूका र टुहुरा बनेका १,६०० भन्दा बढी बालबालिकाहरूलाई संरक्षण प्रदान गर्दै आएकोछ।


सामाजिक अभियन्ता ईन्दिरा रानामगरलाई बन्दी आमाबाबु र तिनका बालबालिकाहरूको उद्दार र संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको कदर स्वरूप सन् २०१४ मा विश्व प्रसिद्ध ‘वर्ड चिल्ड्रन अनरेरी पुरस्कार’ प्रदान गरिएकोछ भने बिबिसी रेडियोले सन् २०१७ मा विश्वभरबाट ‘बिबिसी १०० प्रेरणादायी र आविस्कारी महिला’ को रूपमा चुनेकोछ। सन् २००५ मा अमेरिकाको अशोका फ़ाउण्डेशनको अशोका फेलो सम्मान प्राप्त गरेकी सामाजिक अभियन्ता रानामगर नेपाल सरकारको महिला तथा बालबालिक मन्त्रालय र क्रियटिभ स्टेटमेण्टद्वारा ‘पावर गडेश-२००६’ पुरस्कार, सन् २००९ मा एशिया सोसाईटीद्वारा ‘एशिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार’ लगायतबाट सम्मानित भएकीछिन्।


विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्य दूतावासहरुको संगठन 'सोसाईटी अफ फरेन कनुल्स न्यू योर्क’ द्वारा अन्तरराष्ट्रिय नारी दिवस २०१९ को अवसरमा १९ देशका नारीहरुसंगै नेपालकि सुपरिचित सामाजिक अभियन्ता ईन्दिरा रानामगरलाई सम्मानित गरेको थियो।


Deputy House Speaker of Nepal and prominent Social activist Indira Ranamagar is founding Chairperson of Prisoner’s Assistance Nepal which has been providing services to more than 10,000 women & men prisoners. The services include such as treatment of chronic disease, basic human rights, education & wellbeing, provided education to 1,600 children and currently, 500 children of inmates are sheltered under its 16 children homes. She is also founding chairperson of the Network of Children, Prisoners and Dependants (NCPD), a coalitions of 11 organizations working for prisoners & their children in Nepal.


For her 32 years of tireless work in prison population in Nepal was not gone unnoticed. She has received Ashoka Fellowship Award from USA in 2005, Power Goddess Award 2006 by Creative Statement & Ministry of Women n Children Nepal Government, Asia 21 Young Leader Public Service Award 2009 by Asia Society, World’s Children’s Prize Honorary Award 2014 which is one of the world’s most prestigious social work awards in recognition of her work to provide bright futures for the children of prisoners in Nepal, Rotarian Award for Excellent vocational service 2017 by Rotary International Nepal and most recently, BBC has chosen its BBC 100 influential and inspirational women from around the world in 2017.


She also served on the board as CCM (Country Coordinating Mechanism) Member and RCM (Regional Coordinating Member) at The Global Fund which has invested over $463 millions for Nepal last year. In 2004, She had served as the National Project Consultation Committee member of Department of Prison Management (DOPM), Nepal Government which had formulated the framework of prison reforms acts.


0 comments
bottom of page