top of page

अमेरिकामा न्यू जर्सी राज्यको जर्सी सिटी सहरका मेयरद्वारा सहर घोषणापत्र जारी गर्दै नेपाली पर्वहरू दशैं र तिहारको सम्मान

Mayor Steven Fulop’s City Proclamation honoring Nepali festivals Dashain and Tihar.
Mayor Steven Fulop’s City Proclamation honoring Nepali festivals Dashain and Tihar.

Exclusive: संयुक्त राज्य अमेरिकामा न्यू जर्सी राज्यको जर्सी सिटी सहरका मेयर स्टिभन एम फुलपले सहर घोषणापत्र जारी गर्दै नेपाली पर्वहरू दशैं र तिहारको विशेष सम्मान र पहिचान गरेकाछन्, उनले भनेकाछन्- “जर्सी सिटीले नेपाली समुदायको दशैँ र तिहार पर्वलाई सन् २०२५ अक्टोबर १, बुधबारका दिन औपचारिक रूपमा सम्मानपूर्वक मान्यता प्रदान गर्दछ”। मेयर फुलपकि महिला विभाग सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा यसरी नेपाली संस्कृतिलाई औपचारिक मान्यता प्रदान गरिएको हो। जर्सी सिटी सहरले नेपाल र नेपाली समुदायलाई पटक पटक उच्च कदर गर्दै आफ्नो ईतिहास रचेको छ। यस अघि डा. परियारकै पहलमा सन् २०१७ को जुन ३० तारिख जर्सीसिटी सहर आफ्नो सिटी हल भवनको ताज छानामा नेपालको झण्डा फहराउने विश्वमै पहिलोअमेरिकि शहर बनेको थियो भने सन् २०२१ को सेप्टेम्वर २० तारिख दोश्रो पटक नेपालको झण्डा फराईएको थियो। त्यसैगरी, अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सन् २०१९ को जनवरी २४ तारिख सिस्टर सिटी कायम गरिएको थियो। त्यसैगरी, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा  डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि नेपालमा गएको महाभूकम्पले नेपालमा रहेका परिवारमा पर्न गएको क्षतिको निम्ति राहत पुर्याउन टिपिएस (TPS) सुविधा दिलाउन काउन्सिल रिजोलुसन पारित गरिएको थियो। टिपिएस रिजोलुसन पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर बनेको थियो ।

मेयर स्टिभन एम फुलपद्वारा जारी सहर घोषणापत्रमा अगाडि भनेकाछन्-


“जर्सी सिटीको मेयरका रूपमा, यसै घोषणापत्रद्वारा दशैँ र तिहार पर्वको उत्सवलाई सम्मानपूर्वक मान्यता प्रदान गर्दछु र सबै बासिन्दालाई यी पर्वहरूको भावनामा सहभागी हुन प्रोत्साहित गर्दछु। हामी नेपाली समुदायलाई यस सहरप्रतिको योगदानका लागि सम्मान गर्दछौँ र विविधता, समावेशिता, र सबैको समृद्ध सांस्कृतिक परम्पराप्रति सम्मान प्रवर्द्धन गर्ने सम्पूर्ण बासिन्दाको प्रतिबद्धताको प्रशंसा गर्दछौँ।”


जर्सी सिटी सहरका मेयर स्टिभन एम फुलपद्वारा जारी सहर घोषणापत्र पढ्नुहोस्ः


मेयरको कार्यालय

जर्सी सिटी

न्यू जर्सी


स्टिभेन एम. फुलप

मेयर


घोषणापत्र


नेपाली समुदायका

दशैँ र तिहार पर्व

प्रति सम्मान


जहाँकि, जर्सी सिटीले नेपाली समुदायको दशैँ र तिहार पर्वलाई सन् २०२५ अक्टोबर १, बुधबारका दिन औपचारिक रूपमा सम्मानपूर्वक मान्यता प्रदान गर्दछ; र


जहाँकि, तिहार जसलाई दिपावली वा दिवाली पनि भनिन्छ, नेपाली समुदायद्वारा मनाइने पाँच दिन लामो रंगीन र प्रिय पर्व हो, जसले परम्परा, पौराणिक कथा, जीवन, प्रेम र एकताको उत्सवलाई गहिरो रूपमा समेट्दछ; र


जहाँकि, दशैँले देवी दुर्गाले असुर महिषासुरमाथि प्राप्त गरेको विजय तथा भगवान् रामले रावणमाथि प्राप्त गरेको विजयलाई सम्झना दिलाउँछ, जुन भारतमा पनि दशहरा पर्वमार्फत सम्मानित गरिन्छ। दशैँ पर्वले नेपाली-अमेरिकी बासिन्दाबीच सामुदायिक भावना, परम्परा र सांस्कृतिक गौरवलाई बलियो बनाउँछ र यस पर्वको उत्सवले हाम्रो विविध सहरको बहुसांस्कृतिक संरचनालाई अझ समृद्ध गर्दछ; र


जहाँकि, तिहार पर्वले जनावरप्रति नेपाली जनताको गहिरो सम्मान र कृतज्ञता, सांस्कृतिक धरोहर, र पारिवारिक सम्बन्धलाई प्रकट गर्दछ। तिहारले केवल घर र मनलाई उज्यालो मात्र बनाउँदैन, यसले एकता, कृतज्ञता, प्रकृति, जनावर र पारिवारिक सम्बन्धप्रति सम्मानको भावनालाई पनि प्रोत्साहित गर्दछ, जसले सहभागी वा दर्शक सबैमा स्थायी छाप छोड्दछ; र


जहाँकि, दशैँ र तिहार पर्वले सबै बासिन्दालाई आफ्ना छिमेकीको परम्पराबारे सिक्ने र एकसाथ मनाउने अवसर प्रदान गर्दछ, जसले एकता, पारस्परिक सम्मान, सौहार्द, परिवार, समृद्धि र समुदायका मूल्यलाई प्रवर्द्धन गर्दछ।


अत: म, स्टिभेन एम. फुलप, जर्सी सिटीको मेयरका रूपमा, यसै घोषणापत्रद्वारा दशैँ र तिहार पर्वको उत्सवलाई सम्मानपूर्वक मान्यता प्रदान गर्दछु र सबै बासिन्दालाई यी पर्वहरूको भावनामा सहभागी हुन प्रोत्साहित गर्दछु। हामी नेपाली समुदायलाई यस सहरप्रतिको योगदानका लागि सम्मान गर्दछौँ र विविधता, समावेशिता, र सबैको समृद्ध सांस्कृतिक परम्पराप्रति सम्मान प्रवर्द्धन गर्ने सम्पूर्ण बासिन्दाको प्रतिबद्धताको प्रशंसा गर्दछौँ।


यसको साक्षीको रूपमा, मैले यस वर्ष, दुई हजार पच्चीस (२०२५) को अक्टोबर १ तारिख, मेयरको कार्यालयको छाप र आफ्नो हस्ताक्षर सहित यसलाई जारी गर्दछु।


स्टीभन एम. फुलप

मेयर


OFFICE OF THE MAYOR

CITY OF JERSEY CITY

NEW JERSEY


STEVEN M. FULOP

MAYOR


Proclamation


Recognizing


Dashain and Tihar Festivals


WHEREAS, the City of Jersey City is proud to recognize the Dashain and Tihar Festivals of Nepali communities on Wednesday October 1, 2025; and


WHEREAS, Tihar, also known as Deepawali or Diwali, is a vibrant and cherished five-day festival celebrated by the Nepali community, deeply rooted in traditions, mythology, and the celebration of life, love, and unity; and


WHEREAS, Dashain symbolizes the victory of good over evil, commemorating the triumph of Goddess Durga over the demon Mahishasura, as well as the victory of Lord Rama over the demon king Ravana, which is similarly honored during Dussehra in India; the Dashain Festival fosters a sense of community, heritage, and cultural pride among the Nepali-American residents of Jersey City, and its celebration enriches the multicultural fabric of our diverse city; and


WHEREAS, the festival of Tihar showcases the profound respect and gratitude Nepali people have for animals, their cultural heritage, and the bonds within families, reflecting the diversity and beauty of Nepali culture. Tihar not only illuminates homes and hearts with the brilliance of lights, but also fosters a spirit of unity, gratitude, and respect for nature, animals, and family bonds, leaving a lasting impression on all who participate in or witness its celebrations; and


WHEREAS, the Dashain and Tihar festivals serve as an opportunity for all residents to learn about and celebrate the traditions of their neighbors, while promoting unity, mutual respect, harmony, and the values of family, prosperity, and community.


NOW, THEREFORE, BE IT RESOLVED THAT I, STEVEN M. FULOP, MAYOR of the City of Jersey City, do hereby recognize and honor the celebration of Dashain and Tihar festivals encouraging all residents to partake in the spirit of these festivals. We honor the Nepali community for their contributions to this community as we commend the commitment of all our residents for promoting diversity, inclusivity and respect the rich cultural traditions of all.


IN WITNESS WHEREOF, I have set my hand and the Seal of the Office of the Mayor on this 1s day of October in the Year of Our Lord, Two Thousand-Twenty-Five.


STEVEN M. FULOP

MAYOR


ईतिहास रच्दै अघि बढ्दै


सन् २०१७ को जुन ३० तारिख अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहर आफ्नो सिटी हलभवनको ताज छानामा नेपालको झण्डा फहराउने विश्वमै पहिलो अमेरिकि शहर बनेको थियो । जर्सीसिटी सहरकी तत्कालिन डाईभर्सिटी र ईन्क्लुसन वोर्डकी सल्लाहकार डा. विष्णुमाया परियारकोपहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो। सोही जर्सी सिटी नगरले दोश्रो ऐतिहासिक झण्डोत्तोलन समारोह पनि डा. परियारकै पहलमा सन् २०२१ को सेप्टेम्वर २० तारिखनेपालको झण्डा फराईएको थियो।

त्यसैगरी, अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सन् २०१९ को जनवरी २४ तारिख सिस्टर सिटी बनाउन दुई मेयरद्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा सन् २०१८ को डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेषदूत) को डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच सिस्टर सिटी बनाउन सफल भएको थियो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।

जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि नेपालमा गएको महाभूकम्पले उनीहरूको नेपालमा रहेका परिवारमा पर्न गएको क्षतिको निम्ति राहत पुर्याउन टिपिएस (TPS) सुविधा दिलाउने सम्बन्धी काउन्सिल रिजोलुसन पारित गरिएको थियो। टिपिएस रिजोलुसन सन् २०१५ र २०१८ मा पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर बनेको थियो ।

अमेरिकाको न्यू जर्सी राज्यको गभर्नर फिल मर्फीद्वारा गठित पहिलो एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डर आयोग (AAPI Commission) मा नेपाली अमेरिकी सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियार मनोनित गरिएकोछ। यसरी कमिसनर नियुक्त हुने डा. परियार एक मात्र नेपाली हुन्। गभर्नर मर्फीले सन् २०२१ को नोवेम्बरमा एएपिआई कमिसनको स्थापना गरेका थिए भने मे महिना एएपिआई सम्पदा महिनाकोरूपमा मनाईने अवसर पारेर उक्त नियुक्ति गरेका थिए। गभर्नर मर्फीले एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरहरूको जनसंख्या न्यू जर्सी राज्यमा अमेरिकाभरमा तेश्रो ठूलो संख्या रहेको उल्लेख गर्दै राज्यको विविधतामा एएपिआई समुदायको मुख्य भूमिका रहेको बताएकाछन्। उक्त एएपिआई आयोगले राज्यमा एएपिआई समुदायको सामाजिक र आर्थिक हक हीतको निम्ति नीति निर्माण गर्ने र गभर्नर र राज्य सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिईएकोछ।

यसैविच, गभर्नर मर्फीले न्यू जर्सी राज्यको K-12 विद्यालयहरूमा सन् २०२२-२३ शैक्षिक सत्रदेखि अनिवार्यरूपमा एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरबारे पठनपाठन गरिने कानून पारित गरेका थिए। एएपिआई समुदायबारे पाठ्यक्रममा पढाई अनिवार्य गर्ने राज्यहरूमा ईलिनोई राज्यपछि न्यू जर्सी राज्य दोश्रो अमेरिकी राज्य बनेकोछ।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page