top of page

अमेरिकाको जर्सी सिटी सहरको प्रथम महिला सल्लाकार परिषदका डा. परियार लगायत सदस्यहरूको शपथ ग्रहण

Updated: Exclusive: अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरको २०३ वर्षको इतिहासमा पहिलो पटक स्थापित महिला सल्लाकार परिषदका सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएकोछ। उक्त परिषद सदस्य, सामाजिक अभियन्ता डा. विष्णुमाया परियारले नेपाली समुदायको प्रतिनिधित्व गर्दै ईतिहास रचेकीछिन्। डा. परियारले यस अघि जर्सी सिटी मेयर स्टिभन फुलपको विविधता र समावेशिता (Diversity & Inclusion) सल्लाहकार, सो सहरको रोजगारी तथा तालिम बोर्डकी सदस्य तथा नेपाल र जर्सी सिटी सहरको सिस्टर सिटी ईमिसरी (विशेषदूत) बनेर सेवा पुर्याई सकेकीछिन्। उनी न्यू जर्सी राज्यको गभर्नर फिल मर्फीद्वारा गठित पहिलो एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डर आयोग (AAPI Commission) की कमिस्नर पनि हुन्। डा. परियार झण्डै सात लाख जनसंख्या सेवाग्राही रहेको यौन हिंसा र घरेलु हिंसा विरूद्ध कार्य गर्ने हड्सन स्पिक्सकी वरिष्ठ निर्देशक पनि हुन्।

विश्वमै पहिलो पटक नेपालको झण्डा फहराउने झण्डोत्तोलन


सन् २०१७ को जुन ३० तारिख अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहर आफ्नो सिटी हल भवनको ताज छानामा नेपालको झण्डा फहराउने विश्वमै पहिलो अमेरिकि शहर बनेको थियो । जर्सी सिटी सहरकी तत्कालिन डाईभर्सिटी र ईन्क्लुसन वोर्डकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो। अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरका मेयर स्टेभन फुलपद्वारा नेपाल र नेपालीको सम्मानको उच्च कदर गर्दै 'नेपालको झण्डा फहराउने दिवस' (Nepali Flag Raising Day) मा नेपालको झण्डा फहराएका थिए।