top of page

अमेरिकाको जर्सी सिटी सहरद्वारा दोश्रो पटक नेपाली झण्डाको झण्डोत्तोलन सम्पन्न

Updated: Sep 21, 2021


Updated: Exclusive: अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरका मेयर स्टेभन फुलपद्वारा नेपाल र नेपालीको सम्मानको उच्च कदर गर्दै दोश्रो पटक 'नेपालको झण्डा फहराउने दिवस' (Nepali Flag Raising Day) आयोजना गरिएकोछ। सेप्टेम्वर २० तारिख, सोमवार बिहान ११:३० बजे आयोजित झण्डोत्तोलन समारोहमा नेपालको राष्ट्रगानको गुन्जाहटकासाथ सिटी हल भवनको माथिल्लो तल्लामा अमेरिकाको झण्डा संगसंगै नेपाली झण्डा फहराईएको हो। उक्त ऐतिहासिक समारोहमा मेयर फुलपकासाथै काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यान, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रशाद गौतम, निवर्तमान काउन्सिल प्रेसिडेंट एवं काउन्सिलम्यान एट लार्ज रोलाण्डो लाभारो, जर्सी सिटी र नेपालको लागि सिस्टर सिटी इमिसरी (विशेषदूत) र जर्सी सिटीको रोजगारी र तालिमबोर्ड सदस्य डा. विष्णुमाया परियारका साथै नेपाली अमेरिकी विशिष्ट व्यक्तित्वहरू र नेपाली अमेरिकी समुदायको उपस्थितिमा सम्पन्न भएको थियो। अमेरिकी भूमिमा यसरी नेपाली झण्डाको झण्डोत्तोलन र नेपालको राष्ट्रगान संगसंगै खुल्ला आकासमा गुन्जिंदा उपस्थित नेपालीहरूले गुजबम्प महशुस गरेका थिए भने गर्वले छाती ढक्क फुलाउँदै शीर उँचो बनाएका थिए। यस अघि, सन् २०१७ को जुन ३० तारिख जर्सी सिटी सहर आफ्नो सिटी हल भवनको ताज छानामा नेपालको झण्डा फहराउने विश्वमै पहिलो अमेरिकि शहर बनेको थियो । जर्सी सिटी सहरकी तत्कालिन डाईभर्सिटी र ईन्क्लुसन वोर्डकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो।

The 2nd historic Nepal Flag Raising Ceremony hosted in Jersey City on September 20, 2021. Its history making step, The City of Jersey City became the first city in the world to unfurl the Nepal Flag on atop of its City Hall Building on June 30, 2017.