top of page

किंग मेकर बनेका सुदनको सदन यात्रा- गोर्खा १ बाट उम्मेदवारी घोषणा


Exclusive: नेपाल जेनजी आन्दोलनपछि बहुचर्चित नाम हो- सुदन गुरूंग। जेनजी आन्दोलनका डिफ्याक्टो अगुवा बनेर निस्केका उनी वैकल्पिक शक्तिकोरूपमा उदाएका चर्चित युवा नेताहरू रवि लामिछाने, बालेन शाह र कुलमान घिसिंगलाई वैकल्पिक शक्ति राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) मा एकै ठाउँमा जुटाउने किंग मेकर पनि यिनै सुदन हुन्। काठमाण्डूका विश्वचर्चित स्वतन्त्र मेयर बालेन उर्फ बालेन्द्र शाहले आफूहरूको एकीकरणपछि डिसेम्वर २९ तारिख फेसमा एक महत्वपूर्ण स्टाटस् लेखे- “देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ? — त्यो नै महत्वपूर्ण हुन्छ। बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यू, ब्रदर ❤️” उनको यो स्टाटसलाई ५ लाख ६० हजारले लाईक, ३७ हजार कमेन्ट र ३ हजार ८ सयले सेयर गरेकाछन्। मेयर बालेनले लेखेको त्यो स्टाटसको १२ दिनपछि आज जनवरी ९ तारिख उनै सुदनले गोर्खा-१ बाट आफू आगामी प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा स्वतन्त्र उम्मेदवारकोरूपमा चुनाव लड्ने घोषणा गरेकाछन्। हामी नेपाल संस्था र काउन्सिल अफ जेनजीको संस्थापक रहेका सुदनको सदन यात्रासंगै नेपालमा राजनीतिक सरगर्मी बढेकोछ।


उम्मेदवारी घोषणा


उनले आफ्नो फेसबुक स्टाटस लेख्दै भनेकाछन्-


THE START OF

A NEW ERA IS HERE


“The Era of Change Is No Longer Coming. It Is Here. Sudan Gurung Announces His Candidacy from Gorkha–1


अब प्रतीक्षा छैन। परिवर्तन यहीँ छ।

गोरखा क्षेत्र नम्बर १ बाट सुदन गुरुङको उम्मेदवारी घोषणा”


उनले अर्को एक स्टाटस् मा भनेकाछन्-


“गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।

आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात।

नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल। 🇳🇵



को हुन् सुदन गुरूंग?


चितवनमा हुर्केका सुदनको गृह जिल्ला गोरखा हो भने उनको जन्मस्थल गाउँ उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका हो।


उनी पूर्व डिजे र कार्यक्रम प्रवन्धक हुन् भने सन् २०१५ मा नेपालमा गएको महाभूकम्पमा आफ्नो छोरोको निधन भएपछि सामाजिक अभियानमा होमिएका थिए। सन् २०२० को कोविड-१९ को महामारीको बेला उनले हामी नेपाल नामको सामाजिक स्वयमसेवी संस्था स्थापना गरेर महत्वपूर्ण योगदान पुर्याएका थिए। हामी नेपाल संस्थाकै पहलमा काउन्सिल अफ जेनजीको गठन भएकोछ। स्थापनाकालदेखि आपत्काल, मानव परोपकारी कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको हामी नेपालको नेपालको ७७ बटै जिल्लामा स्वयमसेवी युवाहरू रहेको छ।


युवाहरूको प्रतिनिधित्व हुनु पर्ने पक्षमा अडिग सुदन देशमा सुशासनको सुनिश्चितता र भ्रष्टाचारको समूल अन्त्य हुनु पर्ने माग गर्दछन्। अब उनी त्यो माग पुरा गर्ने, नीति निर्माण गर्ने थलो संसदमै पुगेर आफै परिवर्तनको संवाहक बन्ने मेसोमा छन्। उनको अबको नयाँ राजनीतिक यात्राको सफलताको निम्ति वधाई छ।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page