उज्यालो खोज्दै उज्यालोमा हराएका कुलमानको कामकाजी (Kamikaze) कदम
- Nepalism.com

- 16 hours ago
- 1 min read

Exclusive: रास्वपा र कुलमान घिसिंग संरक्षित उज्यालो नेपाल पार्टी बीचको एकता सहमतिमा हस्ताक्षर गरेको बाह्र दिनमै टुटेकोछ। यि दुई दलको दुःखद पटाक्षपसंगै कुलमान आफै उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेकाछन् भने उनको रबरस्ट्याम्प अध्यक्ष अनुपकुमार उपाध्यायले सरक्क आफ्नो दल दर्ता गर्दाको अध्यक्ष पद छोडीदिएकाछन्। कुलमान पक्षले रास्वपा नाम त्याग गरिनु पर्ने, सह-सभापति पद दिनु पर्ने, समानुपातिक र केन्द्रीय सदस्यमा तीस प्रतिशतसम्मको माग राख्दै आएका थिए जुन कुरा वैकल्पिक शक्तिकोरूपमा उदाएको रास्वपाले स्विकार नगरेपछि कुलमानले अन्ततः कामकाजी (kamikaze) प्रवृति अपनाएको बुझिएकोछ, जुन अन्ततोगत्वा उनकै लागि प्रत्युत्पादक हुने देखिन्छ।
कुलमानको कामकाजी (kamikaze) प्रवृत्ति के हो?
उज्यालो नेपाल पार्टी गठनका बेला प्रमुख अतिथि भएर उपस्थित हुँदा पनि कुलमानको द्वैध र कामकाजी (kamikaze) प्रवृत्ति जगजाहेर भएको थियो- उनले आफू कुनै पार्टीको सदस्य नभएको र कुनै पनि सभासमारोहमा जान सक्ने बताएका थिए। किनकि उतिबेला उनी मन्त्री पदमा आसिन् थिए। रास्वपा र उज्यालो नेपाल पार्टी बीच एकता सहमति हुँदा पनि उनी उपस्थित थिए र सम्झौतापत्रमा एकीकृत दलको उनी उपाध्यक्ष रहने उल्लेखै गरिएको थियो तर मन्त्री पदमा रहीरहँदासम्म उनले आफू कुनै पनि दलको सदस्य नभएको जिकिर गरिरहे। यि परिघटनाले उनी सत्य र तथ्यलाई आफ्नो अनुकुल व्याख्या (कुव्याख्या) गर्न खप्पिस छन् भन्ने देखाउँछ। जनउत्तरदायी नेता बन्न चाहने र आफूलाई भावी प्रधानमन्त्रीकोरूपमा प्रस्तुत गर्न तम्सिएका कुलमानको यस्तो द्वैद चरित्र र कामकाजी (kamikaze) प्रवृति उनकै लागि प्रत्युत्पादक हुन सक्दछ।
In American slang, "kamikaze" describes any extremely reckless, self-destructive, or wildly daring action…









Comments