top of page

“बाबु, राम्रोसंग जानू है”- आमा रन्जता शर्मा, न्यू जर्सीमा स्व उत्तमकुमार शर्माको अन्त्येष्टि सम्पन्न


-Pradeep Pariyar Thapa

Exclusive: न्यू जर्सी- नेपालबाट आफ्नो एक मात्र छोरोको अन्त्येष्टि गर्न आईपुग्नुभएकी ६८ वर्षीय आमा रन्जता शर्माले भक्कानिंदै दिवंगत छोरो स्व. उत्तमकुमार शर्माको पार्थिव शरीर समिपमा पुगेर भनिन्- “बाबु, राम्रोसंग जानू है”। यो कस्तो बिडम्बना हो- आमाले आफूले जन्माएको छोरोको अन्त्येष्टिमा सहभागी हुनु पर्ने ! भगवान यति निर्दयी हुनैसक्दैन। जर्सी सिटी सहरका नेपालीहरू बिच अत्यन्त मिलनसार र सहयोगी व्यक्तित्वको रूपमा परिचित व्यावसायी एवं समाजसेवी ४९ वर्षीय स्व. उत्तमकुमार शर्माको गत मार्च १६ तारिख असामयिक निधन भएको थियो।


स्व. शर्माको अन्तिम विदाई


अप्रिल ३ तारिख शनिवार बिहान न्यू जर्सी राज्यको न्यू ब्रन्सविक सहरमा आयोजित स्मृति सभामा उपस्थित परिवारजन, आफन्तहरू र कोरोना महामारीको पावन्दीको कारण भर्चुवल जुम लाईभ प्रसारण मार्फत सहभागी सयौं परिवार र प्रियजनहरूले भावविह्वल हुँदै स्व. शर्मालाई अन्तिम विदाई गरे। कोरोना कहरको कारण २० जना मात्र स्मृति समारोह र अन्त्येष्टि कृयाक्रममा प्रत्यक्ष सहभागी हुन मिल्ने नियम लागू भएको कारण शुक्रवार अपरान्ह स्व. शर्माको पार्थिव शरीरलाई सार्वजनिक सम्मानको लागि (बीस जनासम्म उपस्थिति) राखिएको थियो भने शनिवार स्मृति समारोह र अन्त्येष्टि कृयाक्रम बाँकी बीस जनासम्मको उपस्थितिमा) आयोजना गरिएको थियो। अन्य प्रियजनहरू भर्चुवल जुम लाईभबाट सहभागी हुन विवस थिए।


भर्चुवल लाईभ प्रसारणको यस्तो असह्य पीडा


स्मृति सभाको भावविह्वलता यस्तो असह्य थिषो कि यो पंक्तिकारले शर्मा परिवारसंगको लामो पारिवारिक निकटता र टेक्निकल दक्षताको कारण शर्मा परिवारकै सल्लाहमा स्मृति सभाको जुम भर्चुवल लाईभ प्रसारण गर्ने जिम्मा लिए पनि स्मृति सभामा उपस्थित सकल परिवार र आफन्तजन भावविह्वल बनेपछि यो पंक्तिकारले पनि मन थाम्न सक्ने कुरै भएन। जिवनको २९ वर्ष लामो रिपोर्टिंगमा कैयन स्मृति समारोहह