न्यू योर्कमा माघे संक्रान्ति पर्व जनवरी १९ मा मनाईदै
- Nepalism.com
- Jan 17, 2020
- 1 min read

न्यू योर्कमा माघे संक्रान्ति पर्व जनवरी १९ तारिख आईतवार मनाईदैछ। मगर संघ अमेरिका न्यू योर्क च्याप्टरको आयोजनामा मनाईन लागेको उक्त चाडमा मगर लोकसंस्कृतिमा लोकप्रिय सालैजो, सोरठी, कौरा लगायतका लोकगीत र लोकनृत्य प्रस्तुत गरिने आयोजकहरूले नेपालिजम डट कमलाई जानकारी गराएकाछन्।
माघे संक्रान्ति साँझ फाईप स्टार ब्यांक्वेट हल, न्यू योर्कमा आयोजना गरिएकोछ।
माघे संक्रान्तिलाई नेपाल सरकारले बि.सं. २०६५ सालमा राष्ट्रीय चाडको रुपमा मान्यता प्रदान गरेको हो ।
Comments