top of page

अमेरिकाबाट नेपाली समाजमा विद्यमान जातीय विभेद र छुवाछूत अन्त्यको माग, ६ व्यक्तित्वहरूको सम्मानित

Writer's picture: Nepalism.comNepalism.com

Special: नासो कम्युनिटी अमेरिकाले अन्तर्रास्ट्रिय रङ्गभेद तथा जातिभेद विरुद्धको दिवस मार्च २१ को अवसर पारेर आफ्नो वीसौं वार्षिकोत्सव भव्यतापूर्वक मनाएकोछ। सो अवसरमा सोसाइटीको नयाँ कार्य समितिको चयन र समाजका ६ जना व्यक्तित्वहरूको सम्मान गरिएकोछ।

मार्च २३ शनिवार अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर सहरमा आयोजित समारोह नेपाल सरकारका तर्फबाट अमेरिकाकालागि अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतको प्रमुख आतिथ्य र नासो कम्यूनिटीका अध्यक्ष राजेन्द्र सेन्चुरीको सभापतित्वमा सम्पन्न भएको थियो ।


त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथिहरूमा मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ का सभासद ह्यारी भण्डारी, नेपालको हेटौडा जिल्ला अदालतकी प्रथम दलित महिला न्यायाधिस मनकुमारी जिएम विके, न्यू जर्सी राज्यकि एसियन अमेरिकन प्यासेफिक आईल्याण्डर कमिस्नर अधिकारकर्मी डा. विष्णुमाया परियारको उपस्थिति रहेको थियो।


६ जना व्यक्तित्वहरू सम्मानित


सो समारोहमा सम्मानित व्यक्तित्वहरूमा वरिष्ठ लोकगायिका पवित्रा रसाइली, मानवअधिकार, सामाजिक न्याय एवं महिला अधिकारकर्मी डा. विष्णुमाया परियार, दलित समुदायकी पहिलो जिल्ला न्यायाधीश मनकुमारी जिएम बिके, सामाजिक तथा मानवअधिकार अभियन्ता सरस्वती नेपाली, संचार माध्यमबाट सामाजिक न्यायको पक्षमा वकालत गर्ने संचारकर्मी प्रदीप परियार थापा मगर र कोरियोग्राफर शिव बिकेलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

समारोहमा अतिथि वक्ताहरूले नेपाली समाजमा विद्यमान जातीय विभेद र छुवाछूत अन्त्यको माग गर्दै एक्काईसौं शताव्दीमा पनि जातकै आधारमा विभेद गरिनु नेपाली समाजको कलंककोरूपमा रहेको र विभेद र छुवाछूत गर्नेहरूलाई कडा कार्यवाही गरिनु पर्ने धारणा राखे।

नयाँ केन्द्रीय कार्य समिति

२०२४-२०२६


उक्त समारोहमा नासो कम्यूनिटीको बन्द सत्र अधिवेशनबाट रविलाल सुनारको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समिति २०२४-२०२६ निर्विरोध चयन भएकोछः


  1. अध्यक्षः रविलाल सुनार

  2. वरिष्ठ उपाध्यक्षः तिर्थ परियार सेवा

  3. उपाध्यक्षः दुर्गा विश्वकर्मा

  4. उपाध्यक्षः रिमाया नेपाली

  5. उपाध्यक्षः सुमित्रा (सुमि) परियार नेपाली

  6. उपाध्यक्षः भीम नारायण बिके

  7. महासचिवः राजन सुनार

  8. सचिवः राजु रामदाम

  9. सह-सचिवः कृष्ण विश्वकर्मा

  10. कोषाध्यक्षः ज्ञानेन्द्र गहतरात

  11. सह-कोषाध्यक्षः सोनिका चुनारा

  12. केन्द्रीय सदस्यः नारायण गायक

  13. केन्द्रीय सदस्यः टाम बिके

  14. केन्द्रीय सदस्यः कल्पना बिके

  15. केन्द्रीय सदस्यः राजेश रजक

  16. केन्द्रीय सदस्यः विजय घिमिरे

  17. केन्द्रीय सदस्यः कमल परियार


निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत रामकृष्ण लकान्द्री रहेका थिए भने सदस्यहरूमा मनोहर बमरेल र हिक्मत बिके रहेका थिए।


नासो कम्युनिटी अमेरिकाले विगत दुई दशकदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै समाजमा समान अवसर, सामाजिक समानताको पक्षमा आफूलाई उभ्याउँदै जातिय विभेद तथा महिला हिंशाक विरुद्ध  सामाजिक न्यायको निम्ति निरन्तर अभियान जारी राखेकोछ।


0 comments

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page