नेपालमा मतदान शान्तिपूर्ण सम्पन्न, ६० प्रतिशत मतदान
- Nepalism.com

- 1 day ago
- 1 min read

Exclusive: नेपालको यस पटकको निर्वाचनमा ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले अनुमान गरेको छ । अर्थात कूल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता मध्ये झण्डै १ करोड १३ लाखले मतदान गरे भने ७५ लाखले मतदान गरेनन्।

यो पटक झण्डै ८ लाख मतदाताले पहिलो पटक मतदानका लागि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका थिए भने ९०.६ लाख पुरूष र ९०.२ लाख महिला मतदाता रहेकाछन्।

कूल २७५ जनाको संघीय संसदमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि फागुन २१ (मार्च ५) मा मतदान भएको थियो । कूल ६,५४१ उम्मेदवार रहेको यो निर्वाचनमा ६८ राजनैतिक दलका प्रत्यक्षतर्फ ३,४०६ र समानुपातिकतर्फ ३,१३५ उम्मेदवार खडा भएका छन्।




Comments