अमेरिकाको जर्सी सिटी नेपालको झण्डा सिटी हलमा झण्डोत्तोलन गर्ने विश्वमै पहिलो सहर बन्यो

Exclusive: न्यू जर्सी- अमेरिकि भूमिमा पहिलो पटक नेपाली झण्डा फहराउने एतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । नेपाल र नेपालीको सम्मानको लागि न्यू जर्सी राज्यको जर्सी सिटी सहरका मेयर स्टेभन फुलपद्वारा जुन ३० तारिख 'नेपालको झण्डा फहराउने दिवस' (Nepali Flag Raising Day) को आयोजना गरी सिटी हल भवनको प्रवेशद्वारको तेश्रो तल्लामा रहेको झण्डा फहराउने पोलमा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराराएर झण्डोत्तोलन गरी ईतिहास रचिएको छ। मेयर फुलपसंग झण्डोत्तोलन समारोहकी अभियन्ता, नेपाली समाजकि अगुवा एवं जर्सी सिटी डाईभर्सिटी एवं इनक्लुजन बोर्डकि सल्लाहकार डा. बिश्णुमाया परियार लगायत उपस्थित नेपालीहरु सहभागी भएका थिए । जर्सी सिटी सहर नेपालको झण्डा आफ्नो अफिसियल कार्यालय भवनमा फहराउने विश्वमै पहिलो अमेरिकि सहर बनेकोछ ।

समारोहमा अमेरिकाको राश्ट्रगान मिली श्रेष्ठले प्रस्तुत गरिन् भने नेपालको राश्ट्रगान 'नेपाल अमेरिका कलाकार संघ' का कलाकारहरुद्वारा प्रस्तुत गरिएकोथियो ।
समारोहमा मेयर स्टेभन फुलप, नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, जर्सी सिटी काउन्सिल वूमन एट लार्ज जोएस वाटरम्यानले सम्बोधन गरे भने जर्सी सिटी डाईभर्सिटी र ईन्क्लुजन बोर्ड सल्लाहकार डा. विश्णुमाया परियारले उद्घाटन मन्तव्य र प्रदीप परियार थापा मगरले स्वागत मन्तव्य व्यक्त गरे।