फेसबुक चलाउन पाउँभन्दा मूत्यू? नेपालका १९ जेनजि युवाहरू मारिए, रक्षक सरकार नै भक्षक?
- Nepalism.com

- Sep 8
- 1 min read

Photos courtesy: OnlineKhabar.com, Facebook social media posts. If you’re a copyright holder of any of those photos, please let us know. We’ll update with your name and compensate.
Exclusive: सामाजिक संजालहरू बन्द गरिएपछि शुरू भएको नेपालका जेनजि पुस्ताका किशोर र युवाहरूले सेप्टेम्वर ८ तारिख डाकिएको देशव्यापी प्रदर्शनमा प्रहरीको हस्तक्षेपका कारण १९ जना युवाहरूको अनाहकमा ज्यान गएको छ। उनीहरूको कुनै जटिल माग थिएन- फेसबुक लगायत सामाजिक संजाल चलाउन देउ, भ्रष्टाचारको अन्त्य गर। तर प्रम ओली र देउवाको मिलिभगतमा बनेको एमाले-नेका सरकारले जेनजि पुस्ताको शान्तिपूर्ण प्रदर्शन र मागलाई दबाउन प्रहरीले बल प्रयोग गर्दा यस्तो अप्रिय घटना भएको छ।
उता नेकाबाट गृहमन्त्री बनेका रमेश लेखक मात्र हैन अब प्रम ओलीकै राजिनामा माग शुरू भएकोछ। यो कभर फोटो कोलाजमा घाईते अवस्थामा देखिएको एक किशोर स्कूल या कलेजकै ड्रेसमा देखिन्छन्। यो आन्दोलनमा देशैभर प्रहरीको दमनबाट सयौंको संख्यामा किशोरहरू यसरीनै घाईते भएकाछन् भने मारिने युवाहरूको संख्या थपिदैछ। नेपाल अब गृहयुद्ध र अधिनायकवादतिर उन्मुख भएको संकेत स्पष्ट देखिएकोछ। ओली सरकारले अब नेपालमा शासन गर्ने नैतिकता गुमाएकोछ। नेपालमा मानवअधिकार र व्यक्तिगत स्वतन्त्रता कुण्ठित भएकोले ओली सरकार विरूद्ध अन्तर्राष्ट्रिय मन्चमा आवाज उठाउनु पर्ने आवाज बढ्दो छ।








Comments