भेटिईन् न्यू योर्कमा हराएकी नेपाली आमा सकुशल अस्पतालमा

Exclusive: न्यू योर्क सहरको नेपाली घनावस्ती रहेको कुईन्स सनिसाईडबाट फेब्रुवरी ६ तारिख सोमवार बिहान ७ः४० बजेदेखि हराएकी चौहत्तर वर्षीय नेपाली आमा मनमाया थापा मगर आज फेब्रुवरी ८ तारिख बुधवार बेलुकी ८ बजे न्यू योर्क सहरकै ब्रुकलिनस्थित कोने आईल्याण्ड अस्पतालमा उपचारत अवस्थामा सकुशल भेटिएकिछिन्। आमा अस्ति सोमवार र हिजो मंगलवार बेलुकीसम्म लगातार हिडेर ब्रुकलिन सहर पुगेकीथिईन्। त्यहाँ पुग्दा दुई दिन र एक रातको भोक र कठांग्रिने चीसो मौसमले थाकेपछि बाटोमा उनी वेहोश हुन पुगेकी र गस्ती प्रहरीले उक्त अस्पतालमा पुर्याएको कुरा मगर संघ अमेरिका अध्यक्ष कुलदीप राना मगरले नेपालिजमलाई जानकारी गराए। आमाले अस्पताललाई आफ्नो परिवारको नेपालको फोन नम्वर बताएपछि अस्पतालले नेपालको नम्बरमा सम्पर्क गरेको थियो। नेपालबाट आमाका अमेरिकामा रहेका छोरा कमल थापा मगरलाई खवर आएपछि छोरा कमल र बुहारीले आज बेलुकी आमालाई अस्पतालमा भेटेकाछन्। आमाको सामान्य चोटपटकको उपचार भैरहेको बताईएकोछ। अपडेट जारी छ।
आमाको खोजी कार्य न्यू योर्कमा कृयाशील नेपाली संघसंस्थाहरूका सयौं नेपालीहरूले सोमवार, मंगलवार र बुधवार बेलुकीसम्म तीब्र पारेकाछन्। पुलिस प्रिस्टिंक्ट डिटेक्टिभ स्क्वाड १०८ ले तिनेपाली आमा हराएको सूचना जारी गरेको थियो। न्यू योर्क सहरको रातको चीसो मौसम झण्डै जिरोडिग्री सेल्सियस रहेको अवस्थामा नेपाली आमाको स्वास्थ्यको चिन्ता लिएर आमाको खोजी तीब्रपारिएको थियो।