top of page

नेपाली अमेरिकन डाईरेक्टरको चलचित्र ‘चिनी कम रंग कडा’ को अमाजोन प्राईममा अमेरिका र बेलायतमा प्रदर्शन


न्यू योर्क: अमेरिकाबाट नाट्य र चलचित्र निर्देशन विषयमा अध्ययन गरेका युवा चलचित्र निर्देशक बिबेक घिमिरेको नेपाली कथानक चलचित्र ‘चिनी कम रंग कडा’ को अमाजोन प्राईमरी टाईमबाट अमेरिका र बेलायतमा रिलिज भएकोछ। कोरोना महामारीको कारण हलहरूमा प्रदर्शन गर्न नमिलेपछि अमेरिकी स्वाधीनता दिवसको अवसर पारेर जुलाई १ तारिख अनलाईन सार्वजनिक प्रदर्शन शुरू गरिएको निर्देशक घिमिरेले ईनेपालिजसंग कुराकानी गर्दै बताएका हुन्।उक्त चलचित्र अमाजोन प्राइमबाट हेर्न अमेरिकी डलर $४.९९ र बेलायतमा £४.९९ पाउण्ड तिर्नु पर्नेछ ।


उक्त चलचित्रमा मानव सुबेदी र सुशील सुबेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर रहेको छ । चलचित्रमा मानव सुबेदी, सुशील सिटौला, सुर्य थापा र नवोदित नायिका अनु थापा मगरको प्रमुख भूमिका रहनुकासाथै जीवन भट्टराई रबिन जंग थापा, प्रकाश भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


Lead actress Anu Thapa Magar. Photos courtesy: Chini Kam Ranga Kada film


मानव सुबेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको चलचित्रमा गणेशदेव पाण्डेको निर्माण तथा लेखन र बिबेक घिमिरेको निर्देशन रहेको छ ।

0 comments
bottom of page