top of page

न्यू योर्कमा दशैं-तिहारको संघारमा नेपाली कलाकारहरूको गौरवपूर्ण सांगितिक प्रस्तुति सम्पन्न

Updated: Special: अमेरिकी भूमिमा नेपाली गीतसंगितलाई प्रवर्द्धन गरिरहेका नेपाली कलाकारहरूले हिमालय साँस्कृतिक प्रतिष्ठानको आयोजनामा दशैं-तिहारको मेसो पारेर नेपाली गीतसंगित र संस्कृतिको गुनिलो सांगितिक प्रस्तुति पस्किएकाछन्। अमेरिकामा नेपाली साँस्कृतिक पहिचान कायम गर्न तम्सिएको हिमालय साँस्कृतिक प्रतिष्ठान र यस प्रतिष्ठानसंग जोडिएका नेपाली कलाकारहरूको सांगितिक कोशेलीलाई उपस्थित दर्शकहरूले धित मारेर मनोरंजन लिए।

गत सेप्टेम्वर २८ तारिख आयोजित “दशैं-तिहार विविध साँस्कृतिक साँझ-२०२४” मा न्यू योर्कलाई दशकौं आफ्नो कर्मथलो बनाएका नेपाली चर्चित गायक गायिका र संगीतकारहरूको लाईभ ब्याण्ड प्रस्तुति रहेको थियो।

उक्त साँस्कृतिक साँझमा गायिकाहरू सपना श्री, संगीता मुखिया, नीशा सुनार, हजुरी शाह कँडेल र सलिना श्रेष्ठको सुमधुर स्वरमा श्रोताहरू खुव रमाएका थिए भने गायकहरू जगदीश समाल मगर, विमल डाँगी, अभय ढुंगेल, राजेन्द्र राई, सानु शेर्पा र सुभाष दाहालले मीठा मीठा गीतहरू गाएर दर्शकहरूको मन जितेका थिए।

Photo by Ishwar Poon Magar


सो साँझमा प्रोस्टेट क्यान्सरको सफल उपचारपछि भर्खरै तंग्रिदै गरेका वरिष्ठ लोकगायक नविन ढुंगेलको सम्मानमा दर्शकदीर्धा झुकेको थियो भने उनको बहुचर्चित लोकगीतहरू “माछी मार न है बैनी, काँचो कटर, मन पर्ने एउटी साली छ” मा दर्शकहरूले आफू मातृभूमिमा रोधींघर र मेलापातमा रौसिएको नोस्टाल्जिक याद गरेका थिए।

सो साँझमा वाद्यवादन कलाकारहरू न्हुँछे नारायण डंगोल, शिशिर श्रेष्ठ, हेमराज राई, डेभिड सौरभी ढकाल र आयुषा श्रेष्ठले लाईभ व्याण्ड प्रस्तुति गरेर  साँगीतिक साँझलाई प्राण भरेका थिए ।


लोकनृत्यतर्फ वरिष्ठ नृत्य निर्देशक शिव विकको कोरियोग्राफीमा उषा लामा, उर्वर्सी विक र उसिका विकको प्रस्तुतिले भरपुर मनोरंजन दिलाएको थियो भने रिचा तामांग र जश्मिन शेर्पाको लोकनृत्य लोभ लाग्दो थियो।

हिमालय साँस्कृतिक प्रतिष्ठानका संस्थापक सदस्य लोकगायक अभय ढुंगेलले दर्शकहरूलाई हार्दिक स्वागत गर्दै सहयोगी र प्रायोजकहरूलाई न्यानो आभार व्यक्त गरेका थिए। सो प्रतिष्ठानका अन्य संस्थापक सदस्यहरू न्हुँछे नारायण डंगोल, शिशिर श्रेष्ठ र संगिता मुखिया हुन्।


सो साँझमा संचारकर्मी प्रदीप परियार थापाले कार्यक्रमको संचालन गर्दै नेपाली कलासंस्कृति र त्यसका संवाहक नेपाली कलाकारहरूको मुक्त कण्ठले प्रसंशा गरेका थिए। संचारकर्मी थापाले अमेरिकामा नेपाली कलाकारहरूको ईतिहासको नालीवेली लगाउँदै अमेरिकामा पैचालीस वर्ष अघि पहिलो पटक सन् १९७९ मा संगीत अध्ययनकाक्रममा आउने संगीतकार किशोर गुरूंगदेखि सन् १९९० मा पहिलो पटक साँस्कृतिक प्रहर्शन लिएर अमेरिका भ्रमण गर्ने मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) को साँस्कृतिक टोली र सन् १९९० मा अमेरिका आएर कर्मभूमिमै स्थायी वसोवास गर्ने पहिलो कलाकार ध्रुव वन्तसम्मलाई सम्झिए। सन् २०१५ मा साढे चार सयको हाराहारीमा अमेरिकामा रहेका नेपाली कलाकारहरू र उनीहरूको परिवार अहिले हजारौंको संख्यामा रहेको पनि संचारकर्मी थापाले अनुमान लगाए।


हिमालय साँस्कृतिक प्रतिष्ठानले स्थापनाकाल सन् २०२१ देखिनै नेपाली कला संगितका धरोहरहरूलाई सम्झिदै आएकोछ। चाहे सम्झनामा नारायण गोपाल सांगितिक साँझ होस् या स्व. भजनशिरोमणि भक्तराज आचार्य र संगीतकार स्व. नोर्वु छिरिंग स्मृति सभा, प्रतिष्ठानले नेपाली सुमधुर संगीतका स्रष्टाहरूलाई सम्झिने परम्पराको थालनी गरेकोछ।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page