top of page

न्यू योर्कबाट का.बा. महावाणिज्यदूत पुष्पराज भट्टराई कार्यकाल पुरा गरी नेपाल फर्किदै, भावपूर्ण विदाई



न्यू योर्क- नेपाल सरकारका न्यू योर्कस्थित कार्यबाहक महावाणिज्यदूत पुष्पराज भट्टराई आफ्नो ४ वर्षे कार्यकाल सफलतापूर्वक पुरा गरी शनिवार, सेप्टेम्बर ५ तारिख नेपाल फर्किएकाछन्। न्यू योर्कका नेपाली समुदायको बिभिन्न कार्यक्रमहरूमा सहभागी भई समुदायको प्रियपात्र र शालिन व्यक्तित्वको रूपमा रूचाईएका महावाणिज्यदूत भट्टराईलाई अमेरिकी नेपालीहरूले कोरोना महामारीको कारण प्रत्यक्ष विदाई गर्न असमर्थ रहे पनि आ-आफ्नो सामाजिक सन्जालमार्फत भावपूर्ण विदाई गरेकाछन्।


महावाणिज्यदूत भट्टराई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरको सिटी हलमा सन् २०१७को जुन ३० तारिख विश्वमै पहिलो पटक नेपाली झण्डाको झण्डोत्तोलन गर्दा र सन् २०१९ को जनवरी २४ तारिख अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी बनाउन दुई मेयरबिच आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने समारोहमा नेपाल सरकारकोतर्फबाट प्रतिनिधित्व गर्दै उपस्थित रहेका थिए।

का.बा. महावाणिज्यदूत पुष्पराज भट्टराई नेपाल फर्केपछि पर्राष्ट्र मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्नेछन्। नेपालिजम डट कम महावाणिज्यदूत भट्टराईको उत्तरोउत्तर प्रगतिको कामना गर्दछ।

0 comments
bottom of page