नेपालिजम डट कमको ईन्डोर्समेन्ट: प्रजातन्त्र विरूद्ध अतिवादी : किन बाईडेन प्रेसिडेन्सी जरूरी छ?

अमेरिकी प्रजातन्त्रप्रति जनविश्वासको पुनर्स्थापन
विशेष: हामी अमेरिका र हरेक जाति, रंग र बिचारको जनतालाई मौलाउने ग्यारेण्टी गर्ने अमेरिकी मौलिक प्रजातन्त्र प्रति गौरवीभूत छौं । तर, दुर्भाग्य, प्रेसिडेंट डोनाल्ड जे. ट्रम्पको शासनकालमा हाम्रो प्रजातन्त्र र स्वाधिनता धरापमा परेकोछ। अमेरिकी प्रजातन्त्रप्रति जनविश्वासको पुनर्स्थापन महत्वपूर्ण छ र हामीले हाम्रो समुदायलाई अझ एकआपसमा घृणा र बिभाजित हुन दिएर मूल्य चुकाउन सक्दैनौं। हाम्रो बर्तमान राष्ट्रपतिको अतिवादी सोंच यो भब्य र सुन्दर देशको निम्ति खतरनाक छ।
हामीलाई यो विश्वास छ कि जोय बाईडेनको
प्रेसिडेन्सीले अमेरिकी जनतालाई एकताको सुत्रमा बाँधेर, अर्थतन्त्रलाई समाजको हरेक तहमा पुनर्स्थापित गरेर अमेरिकी प्रजातन्त्रप्रति जनविश्वासको पुनर्स्थापन गर्नेछ।
यसपालीको निर्वाचन प्रजातन्त्र विरूद्ध अतिवादी (Democracy vs Demagogue) हो, घृणा विरूद्ध प्रेम र सद्भाव, बिभाजन विरूद्ध एकता, उत्डन्डता विरूद्ध शालिनता, महिलाप्रतिको हेपाई विरूद्ध उनीहरूप्रतिको सम्मान हो। अमेरिकी सपना कुनै पनि मूल्यमा थकित हुन नदिऔं। अमेरिका परिश्रमी र उम्दा आप्रवासीहरूको समिश्रण हुने भूमि हो। समान अवसर र खुल्ला प्रतिस्पर्धाबाट नयाँ आविष्कार फस्टिन दिऔं। हामी यो राष्ट्रपतिले चार वर्षमा सृजना गरेको अमेरिकाभन्दा धेरै राम्रो अमेरिकाको भागीदार हौं र त्यो हामीलाई आवश्यक छ। हामीलाई यो चार वर्षे शासनकालको बिखण्डित अमेरिका फेरी चाहिंदैन। हामी संयुक्त राज्य अमेरिका हौं।
Nepalism endorsement:
Democracy vs Demagogue (प्रजातन्त्र विरूद्ध अतिवादी)
Why do we need Biden presidency?