top of page

नेपालको नयाँ नक्सासहित नयाँ निशाना छाप संसदबाट पारित



Exclusive: काठमाडौँ- नेपालको संसदले नेपालको नयाँ नक्सामा थपिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा (का.लि.लि.) सहितको नेपालको नक्सा सरकारको निशान छाप (Emblem) मा समावेश गरी पारित गरेकोछ। प्रतिनिधि सभाको शनिबार बसेको बैठकले नयाँ नक्सा समावेश गर्न संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरिएको छ।


उक्त संविधान संशोधन विधेयकको पक्षमा २७५ सांसद रहेको प्रतिनिधि सभाको २५८ सांसदले मतदान गरेका थिए भने विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन्। संसद सचिवालयका अनुसार, १२ जना सांसद अनुपस्थित रहेका थिए भने ४ जना सांसद निलम्बनमा छन् । विधेयकमाथि मतदान नगर्ने सांसदमा सरिता गिरी, ज्ञानकुमारी छन्त्याल, अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यबहादुर केसी, हरिबोल गजुरेल र सूर्यनारायण यादव रहेको संसद सचिवायलयले जानकारी गराएकोछ। सांसद सरिता गिरीले बैठकमा उपस्थित रहे पनि मतदान अघि बहिष्कार गरेकी थिइन् ।

0 comments
bottom of page