संरासंघको सिएसडब्ल्यू-६५ कोअवसरमा एड्वानको दलित महिलाहरूको अस्मिता र सुरक्षाबारे मार्च २६ मा गोष्ठी
- Nepalism.com
- Mar 24, 2021
- 1 min read

Upcoming: न्यू योर्क- संयुक्त राष्ट्र संघ (UN) को महिला मामिला आयोग (Commission on the Status of Women-CSW) को ६५ औं सम्मेलनको अवसरमा एड्वानद्वारा ‘दलित महिलाहरूको अस्मिता र उनीहरूको सुरक्षा’ विषयमा भर्चुल गोष्ठी यहीं मार्च २६ तारिख बिहान ८-१० बजे आयोजना गरिदैछ।विगतदेखि कोरोना महामारीको बेलामा समाजका तल्लो वर्गका तथाकथित दलित र सिमान्तकृत महिलाहरू अझ असुरक्षित बनेको अवस्था र उनीहरूको अस्मिताबारे विशिष्ट प्यानेलिष्टहरूद्वारा चर्चा गरिने कुरा एडवानकि संस्थापक प्रेसिडेंट एवं गोष्ठी संयोजक डा. विष्णुमाया परियारले जानकारी गराएकीछिन्।
एनजियो सिएसडब्ल्यू (NGO CSW) न्यू योर्कले मार्च १४-२६ बिच आयोजना गर्न लागेको ५०० भन्दा बढी भर्चुवल साईड र प्यारालेल (समकक्षी) गोष्ठीहरू मध्ये एड्वानले आयोजन गर्न लागेको विषेश भर्चुवल गोष्ठीका सहभागी प्यानेलिष्टहरूमा हार्वार्ड विश्वविद्यालयका पूर्व डिन डा. क्रिष्टोफर क्विन, करूणा ट्रष्ट युकेकि कार्यक्रम निर्देशक सुसान अमोगमति ट्राउड, ब्रिजवाटर स्टेट विश्वविद्यालयकी प्रोफेसर डायना फोक्स, संयुक्त राष्ट्र संघको अन्तर-पुस्ता सल्लाहकार परिषदकी प्रतिनिधि स्याण्डी हेकर, नासो कम्यूनिटी अमेरिकाका प्रेसिडेंट राजेन्द्र सेन्चुरी र नेपालकी अधिवक्ता कुन्जनी परियार प्यासी रहेकाछन्। गोष्ठीको सहजकर्ताको भूमिका स्टेप अहेड टेककी संस्थापक प्रेसिडेंट आस्था सिंहले निभाउनेछिन्।
Comments