top of page
Writer's pictureNepalism.com

न्यू जर्सी राज्यको गभर्नर मर्फीद्वारा एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डर (AAPI) आयोगमा डा. परियार


Exclusive: अमेरिकाको न्यू जर्सी राज्यको गभर्नर फिल मर्फीद्वारा गठित पहिलो एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डर आयोग (AAPI Commission) मा नेपाली अमेरिकी सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियारसहित २८ जना व्यक्तित्वहरू मनोनित गरिएकोछ। यसरी कमिसनर नियुक्त हुने डा. परियार एक मात्र नेपाली हुन्। गभर्नर मर्फीले गत वर्ष सन् २०२१ को नोवेम्बरमा एएपिआई कमिसनको स्थापना गरेका थिए भने मे महिना एएपिआई सम्पदा महिनाकोरूपमा मनाईने अवसर पारेर उक्त नियुक्ति गरेका हुन्। गभर्नर मर्फीले एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरहरूको जनसंख्या न्यू जर्सी राज्यमा अमेरिकाभरमा तेश्रो ठूलो संख्या रहेको उल्लेख गर्दै राज्यको विविधतामा एएपिआई समुदायको मुख्य भूमिका रहेको बताएकाछन्। उक्त एएपिआई आयोगले राज्यमा एएपिआई समुदायको सामाजिक र आर्थिक हक हीतको निम्ति नीति निर्माण गर्ने र गभर्नर र राज्य सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिईएकोछ।


“In New Jersey, we wear our diversity as a badge of honor,” said Governor Murphy. “As our state is home to the third-largest percentage of AAPI residents in the nation, our AAPI community is a key part of the great diversity in our state. I am proud to appoint these outstanding members to the New Jersey Asian American and Pacific Islander Commission and look forward to working with them to address the social and economic needs of the AAPI community.”

-Governor Phil Murphy, New Jersey


एएपिआई कमिसनमा मनोनित कमिसनरहरूमा Peter Ahn, Cecilia Aranzamendez, Angela Bae, Saima Bhutta, Samantha Bobila, Saketa Chadalavada, Dr. Ronald Chen, Gulshan Chhabra, Kin Gee, Smita Nadia Hussain, Sharmila Jaipersaud, Vinita Jethwani, Dr. Khyati Joshi, Sabeen Kalyan-Masih, Rippi Karda, Dr. Naveen Mehrotra, Anjali Mehrotra, Rupande Mehta, Mary Pan, Falguni Pandya, Dr. Bishnu Maya Pariyar, Amber Reed, Dr. Nimisha Shukla, Amol Sinha, Gabriel Tanglao, Jasmine Ueng-McHale, Yoginder Virk र Yan Mei Wang रहेकाछन्।


गभर्नर मर्फीले यस अघि गत जनवरी १८ तारिख न्यू जर्सी राज्यको K-12 विद्यालयहरूमा सन् २०२२-२३ शैक्षिक सत्रदेखि अनिवार्यरूपमा एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरबारे पठनपाठन गरिने कानून पारित गरेका थिए। एएपिआई समुदायबारे पाठ्यक्रममा पढाई अनिवार्य गर्ने राज्यहरूमा ईलिनोई राज्यपछि न्यू जर्सी राज्य दोश्रो अमेरिकी राज्य बनेकोछ।

जर्सी सिटी सहरको मेयर स्टिभन फुलपको विविधता र समावेशी वोर्डकि पूर्व सल्लाहकार रही सकेकी डा. परियार हाल जर्सी सिटी सहरको महिला सल्लाहकार तथा रोजगारी र तालिम कमिटीको सदस्य रहेकीछिन्। जर्सी सिटी सहरको महिला आयोगको गठन गत जनवरी २६ मा काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यानको नेतृत्व र डा. परियारको पहलमा गठन भएको हो।

डा. परियार हाल अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीस्थित केयरपोईन्ट हेल्थ अन्तर्गत हड्सन स्पिककि वरिष्ठ प्रोग्राम संयोजकको रूपमा कार्यरत छिन्। हड्सन स्पिक न्यू जर्सी राज्यको हड्सन काउण्टीमा यौन हिंशा विरूद्ध गैरसरकारी र सरकारी सहकार्यमा आकस्मिक सहायता प्रदान गर्ने मुख्य संस्था हो।


जर्सी सिटी सहरको नेपालको लागि सिस्टर सिटीको लागि ईमिसरी (विशेषदूत) डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी कायम गरिएको थियो भने सन् २०१७ र २०२२ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झण्डा फहराईएको थियो।


डा. परियारको जीवन कहानी विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित छ। विश्वविद्यालय र हाईस्कूलका विद्यार्थीहरूको पाठ्यपुस्तक प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशकम्याकग्रो हिलले डा. लिसा राईट होफ्नरद्वारा लिखित ‘दि राईटर्स माईण्डसेट’ (The Writer’s Mindset) पुस्तकमा डा. परियारको जीवन संघर्षको कहानी प्रकाशन गरेको छ। उक्त पुस्तकको ६९२ पृष्ठ मध्ये डा. परियारको कहानी पृष्ठ ५९१-५९४ बिच चार पृष्ठहरूमा समावेश गरिएकोछ। यसरी नेपाली व्यक्तित्वको कहानी विश्व प्रसिद्ध पाठ्यपुस्तकमा प्रकाशित भएको ईतिहासमै पहिलो पटक हो।


उनको यो पाठ्यपुस्तकमा समावेश कहानी यस अघि अमेरिकी संघीय सरकारको पिस कोरले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो।


विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तकहरू अमेरिकामा मात्र हैन विश्वको १००+ (सय बढी) मुलुकहरूका हाईस्कूल, कलेज र विश्वविद्यालयहरूमा पढाईन्छ। सन् २०२० को डाटा अनुसार हाल यो पब्लिकेसनको ४३ लाख बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थीहरू र प्रोफेसरहरू छन् भने यसका ११ सयभन्दा बढी शिक्षण संस्थानहरू विशेष प्रयोगकर्ता छन्।


यस अघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस (TPS) काउन्सिल रिजोलुसन पारित गरिएको थियो। टिपिएस रिजोलुसन पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो ।


त्यसैगरी, डा. परियारकै पहलमा नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक नेपाली झण्डोत्तोलन समारोह (Nepali Flag Raising Day) सम्पन्न भएको थियो । सिटी हल भवनभित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि शहर हो र विश्वमै सम्भवत: पहिलो घटना हो।


राष्ट्रीय र अन्तर्राष्ट्रीय ४० बढी पुरस्कारहरूबाट सम्मानित डा. विष्णुमाया परियारलाई सन् २०१५ मा उनले समाजमा पुर्याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका मेयरग्रेग ई फिसरले प्रोक्लेमेसन पत्रद्वारा सेप्टेम्बर २७ तारिखलाई "डा. विष्णुमाया परियार डे" घोषणा गरिएको छ । यसरी जिवित नेपाली व्यक्तित्वको नाममा दिवस (डे) घोषणा गरेर विदेशी भूमिमा सम्मान गरिएको यो पहिलो ऐतिहासिक दिन हो ।


डा. विष्णुमाया परियारको संस्था एड्वान (ADWAN .ORG) ले स्थापना काल सन् १९९८ देखि हालसम्म २३ हजार बढी बालबालिकाहरू र ५० हजार बढी तिनका परिवार र जनतालाई शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण, दीगो कृषि, सामाजिक जागरण, संचेतना, कानूनी प्रशिक्षणलगायतका विविध क्षेत्रहरूमा योगदान पुर्याउँदै आएकोछ।


Governor Murphy Announces Appointments to New Jersey Asian American and Pacific Islander Commission

0 comments

Comments


bottom of page