top of page

न्यू जर्सीमा रास्वपा युवा नेता सांसद पुकार बमसंग एक पटकको नेपाली, संधैको नेपाली नीति बहस


Updated: Exclusive: ईडिसन, न्यू जर्सी- अमेरिका भ्रमणमा रहेका रास्वपा युवा नेता एवं सांसद पुकार बमसंग न्यू जर्सी राज्यको ईडिसन सहरमा एक पटकको नेपाली, संधैको नेपाली सम्बन्धी नीति बहस सम्पन्न भएको छ। पाँच नेपाली संस्थाहरू एनआरएनए न्यू जर्सी च्याप्टर, नेपाली डायस्पोरा अलायन्स, वुमन फर कज, एआरसी फर नेपाल र फ्रेण्डस् अफ एड्वानले संयुक्त आयोजना गरेको नीति बहसमा वरिष्ठ वकिल, मानवाधिकारवादी, र सामाजिक अभियन्ताहरूले प्रवासमा रहेका नेपालीहरूलाई बंशजको नागरिकताको निरन्तरताको आवश्यकता र महत्वबारे बोल्दै विवादास्पद गैरआवासीय नेपाली सम्वन्धी विधेयक र संविधानमा समेत संशोधन गरिनु पर्ने विषयमा जोड दिएकाछन्। वक्ताहरूले विधेयकले प्रवासी नेपालीको भावनामा चोट पुर्याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो मिसन भिजनमै, नागरिक करार र बालेन सरकारले आफ्नो राष्ट्रिय प्रतिवद्दतामा समेत सुनिश्चित गरेको बंशजको नागरिकताको निरन्तरताको ग्यारेण्टी गर्न माग गरे।



आफ्नो सम्मानमा आयोजित मिट एण्ड ग्रिट समारोहमा आयोजित नीति बहसमा सम्वोधन गर्दै प्रमुख अतिथि माननीय सांसद पुकार बमले आफ्नो दल र सरकारले प्रवासी नेपालीको मुद्दालाई प्राथमिकतमा राखेको बताउँदै आफूले प्रवासी नेपालीको हकअधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताए।



विशिष्ट अतिथिको रूपमा उपस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले ट्राई स्टेट (न्यू योर्क, न्यू जर्सी र कनेक्टिकट) राज्यका नेपालीहरूका लागि महावाणिज्यदूतको कार्यालयले विशेष सम्पर्क र पहुँच बढाई सेवा दिंदै आएको र अन्य राज्यका नेपालीहरूको लागि सेवा प्रवाह भैरहेको जानकारी गराउँदै गैरआवासीय नेपालीको पूँजी र शीपलाई नेपालसंग जोड्ने काम सरकारले गर्ने बताए।



समारोहमा अतिथि वक्ताहरू प्रवास नेपाली सम्पर्क विभाग अमेरिका काबा केन्द्रिय सभापति सम्मरबहादुर बुढाथोकी, प्रवास नेपाली सम्पर्क विभाग अमेरिका पूर्व संयोजक रमेश भट्ट, वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी, वरिष्ठ अधिवक्ता केशवराज सेढाईं, प्रवास नेपाली सम्पर्क विभाग अमेरिका केन्द्रिय सल्लाहकार धनिराम सापकोटा, एनआरएनए अमेरिका अध्यक्ष सतेन्द्र शाह, न्यू जर्सी नेपाली समाज अध्यक्ष कल्याण श्रेष्ठ, एनआरएनए आईसिसी सदस्य संजिव श्रेष्ठ, एनआरएनए आईसिसी सदस्य सूर्य तिवारी, प्रवास नेपाली सम्पर्क विभाग अमेरिका, न्यू जर्सी राज्य समिति अध्यक्ष रणजित कार्की र प्रवास नेपाली सम्पर्क विभाग अमेरिका, न्यू जर्सी राज्य समिति उपाध्यक्ष उषा गुरूंगले सम्वोधन गरेका थिए।



समारोहमा प्रवास नेपाली सम्पर्क विभाग अमेरिका र एनआरएन न्यू जर्सी च्याप्टरले माननीय सांसद पुकार बमलाई विवादास्पद गैरआवासीय नेपाली सम्वन्धी विधेयक खारेज गरी प्रवासी नेपालीको हकअधिकार सुनिश्चित हुने विधेयक जारी गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।


सो समारोहको सभापतित्व एनआरएन न्यू जर्सी च्याप्टर प्रेसिडेंट कृष्ण अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य विमन फर कज (डब्ल्यूएफसी) कि पूर्व अध्यक्ष रेणु शर्माले व्यक्त गरेकि थिईन्।


समारोहमा आयोजक संस्थाहरूको तर्फबाट नेपाली डायस्पोरा अलायन्स संस्थापकद्वय श्री पराजुली र मिलन शाही, डबल्यूएफसीकि अध्यक्ष करूणा शर्मा र एआरसी फर नेपालका संस्थापक राजेन्द्र श्रेष्ठले मन्तव्य राखेका थिए भने नेपाली डायस्पोरा अलायन्स संस्थापक एवं प्रवास नेपाली सम्पर्क विभाग अमेरिकाको केन्द्रिय सल्लाहकार प्रदीप परियार थापाले समारोहको सहजकर्ताको भूमिका निभएका थिए।








 
 
 

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page