top of page

छोरी बिनाको संसार कल्पना गर्न सक्दिन Not without my daughter

Motherhood

by Sharmila Lamichhane



यो संसारमा आमाको महिमा अपरम्पार छ । आमा बिनाको संसार नै अपूर्ण मानिन्छ । आमा यानेकि नारीलाई देवीको स्थान दिईएकोछ । आमाको माया, त्याग र बलिदानको कुनै मोल नै छैन । यस्तो अनमोल मायाको वर्णन गर्न शब्द कम पर्छ । अनि म पनि बनें एक भाग्यमानी आमा...

आजकै दिन अर्थात अगस्ट २० तारिख (भाद्र ४ गते) म आमा भएको दिन र मेरी अनमोल परी छोरीको यस धर्तीमा आगमन भएको दिन । मेरी छोरी समायरा १० वर्ष पूरा गरी ११ मा लागिन् । मेरा निम्ति छोरी हुर्किदै गर्दा संगसंगै बिताएका यि वर्षहरू अस्ति जस्तै लागिरहेछ। आजको दिन एक किसिमले हामी दुबैको नयाँ जीवनको जन्म भएको सबैभन्दा खुशी र महत्वपूर्ण दिन पनि हो। मैले अहिले सम्झिरहेकोछु ती पलहरु जुन धुलीखेल अस्पतालको प्रसुतीगृहमा म प्रसवपीडाबाट टडपिरहेको । नर्मल डेलिभरीको लागि धेरै प्रयास गर्दा पनि, तीन पटकसम्म भ्याकुम लगाएर प्रयास गर्दा पनि मैले छोरीलाई जन्म दिन नसकेपछि ईमर्जेन्सी रूममा मेरो सि-सेक्सन गर्नु पर्ने भएको थियो अर्थात मेरो पेटको तल्लो भागको अपरेसन गरेर छोरीको जन्म दिनु पर्ने भयो । मैले जुनसुकै हालत र प्रकृया अपनाएर पनि मेरो छोरीको जन्म दिन चाहन्थें, छोरीको मुख हेर्न म अति लालायित थिएँ। मलाई मेरो जीवनसंग प्रवाह थिएन जति छोरिको नयाँ जीवनसंग ।


एकातिर, म बेहोस्, अर्कोतिर, मेरी छोरीलाई मेरा दुई खुट्टाको टांग मुनी राखिएको रहेछ । जब म होशमा आएँ, आँखा खोल्ने बित्तिकै नर्सको सामू मैले पहिलो प्रश्न गरें- "मेरी छोरी खोई ?" एनेस्थेसियाले मेरो जिउ अझै हलचल गर्न सक्ने अवस्थामा फर्किसकेको थिएन। त्यसैले मेरो र छोरीको हेरचाहमा खटिएको नर्सले छोरी संगै छ भनेर मेरो खुट्टातिर ईशारा गरिदिईन् । मैले राम्रोसंग हेर्न सकिन । तर मलाई मेरी छोरीलाई मेर