एनआरएनए न्यू जर्सी च्याप्टरको नवनिर्वाचित कार्य समितिको पदभार हस्तान्तरण सम्पन्न
- Nepalism.com

- Dec 22, 2025
- 2 min read

न्यू जर्सी- गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यू जर्सी च्याप्टरको नवनिर्वाचित कार्य समितिको पदभार हस्तान्तरण समारोह सम्पन्न भएको छ। गत अगस्त १६-१७ मा भएको संघको निर्वाचनमा अध्यक्ष पदमा कृष्णप्रशाद अधिकारी निर्विरोध निर्वाचित भएका थिए भने अधिकारीले ९ सदस्यीय कार्य समिति मनोनयन गरेका थिए।

न्यू जर्सी च्याप्टरको पदभार हस्तान्तरण समारोहमा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको केन्द्रीय अध्यक्ष सतेन्द्र शाह (न्यू जर्सी) ले कार्य समिति पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए भने प्रमुख अतिथि शाहकासाथै विशिष्ट अतिथिहरू एनआरएनए आईसिसी पूर्व उपाध्यक्ष डा. विष्णुमाया परियार (न्यू जर्सी), एनआरएनए आईसिसी सल्लाहकार विश्व बराल (न्यू जर्सी), एनआरएनए आईसिसी उत्तर अमेरिका उपसंयोजक संजिव श्रेष्ठ (न्यू जर्सी) र एनआरएनए एनसिसी अमेरिका सल्लाहकार रेणु शर्मा सापकोटा (न्यू जर्सी) ले संयुक्त रूपमा पदभार ग्रहणको प्रमाणपत्र प्रदान गरेका थिए। गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यू जर्सी च्याप्टर निवर्तमान अध्यक्ष भक्त गुरूंगले सहजता गरेका थिए।

समारोहलाई प्रमुख अतिथि, विशिष्ट अतिथिहरूका साथै अतिथि वक्ताहरू एनआरएनए आईसिसी पूर्व उत्तर अमेरिका संयोजक एवं प्रवास नेपाली सम्पर्क समिति अमेरिका केन्द्रीय कार्यवाहक अध्यक्ष सम्मर बुढाथोकी (न्यू जर्सी), एनआरएनए आईसिसी सदस्य सूर्य मोहन तिवारी (न्यू जर्सी), न्यू जर्सी नेपाली समाजका अध्यक्ष कल्याण श्रेष्ठ, नेपालिजम डट कमका सम्पादक एवं प्रवास नेपाली सम्पर्क समिति अमेरिका सल्लाहकार प्रदीप परियार थापा, न्यू जर्सी नेपाली समाजका महासचिव कृष्ण लामिछाने र समाजसेवी मनिष कर्णले सम्वोधन गर्दै नवनिर्वातित कार्य समितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यू जर्सी च्याप्टर कार्य समिति निम्नानुसार रहेकोछ:
१.अध्यक्षः कृष्णप्रशाद अधिकारी
२.उपाध्यक्षः राजेन्द्र प्रशाद श्रेष्ठ
३.महिला उपाध्यक्षः सौर्या बराल
४.महिला संयोजकः सरला तिमल्सेना
५.महासचिवः राम वाग्ले
६.कोषाध्यक्षः समिक्षा पौडेल
७.सदस्यः रमेश के. मल्ल
८.सदस्यः मनोज महतो

यस अघि गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यू जर्सी च्याप्टरको पूर्व अध्यक्षको रूपमा मुकुण्द ओझा (पहिलो), सम्मर बुढोथोकी (दोश्रो र तेश्रो), सूर्य मोहन तिवारी (चौंथो) र भक्त गुरूंग (पाँचौं) ले नेतृत्व प्रदान गरीसकेकाछन्।









Comments