top of page
Writer's pictureNepalism.com

प्रम ओलीको न्यू योर्क भेटघाट स्थगित, डर कस्को? “न्यू योर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु”- रविको गर्जन संयोग मात्र?

Exclusive: संयुक्त राष्ट्र संघको ७९ औं साधारण सभामा भाग लिन अमेरिका भ्रमणमा रहेका नेपाल सरकारका प्रधानमन्त्री केपि शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको सम्मानमा आयोजित “बृहत् कार्यक्रम” अन्तिम समयमा स्थगित गरिएकोछ। नेपाली महावाणिज्यदूतावास न्यू योर्कले एक प्रेस विज्ञप्ति जारी गरी “संयक्त राष्ट्र संघको महासभा, Summit of the Future तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी” कार्यक्रम स्थगित गरिएको जानकारी गराएकोछ। तर नेपालिजमको एक विशेष समाचार स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेले “न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस्, बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि...” भन्ने स्टाटस लेखेको केही घण्टापछि हुन लागेको प्रधानमन्त्री ओलीको कार्यक्रम स्थगित हुनु के संयोग मात्र हो त? रविको फेसबुक स्टाटससंगै एक समय रविको कर्मथलो रहेको अमेरिकामा प्रम ओलीको कार्यक्रम बिथोलिने, कालो झण्डा देखाउने, गिरिवन्धु टि स्टेट जग्गा प्रकरणमा प्रम ओली आफै र भूटानी शरणार्थी काण्डमा परराष्ट्रमन्त्री डा. राणा मुछिएको विरूद्धमा विरोधका प्लेकार्डहरू न्यू योर्कको एउटा प्रेसमा धमाधम छापिएको भिडियो समेत सामाजिक संजालमा छताछुल्ल भएपछि आयोजकहरू कार्यक्रमनै स्थगन गर्ने निधोमा पुगेका थिए।


नेपाली महावाणिज्यदूतावास न्यू योर्कको प्रेस विज्ञप्ति पढ्नुहोस्ः


“सूचना


सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको  संयक्त राष्ट्र संघको महासभा, Summit of the Future तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ। यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ।


नेपाली महावाणिज्यदूतावास न्यूयोर्क


सेप्टेम्बर २२, २०२४, आइतबार”

0 comments

Kommentare


bottom of page