top of page

रुकुम घटना: पोष्टमार्टमपछि बिरोध गर्दा मृतक नवराजकि आमासहित ५ घाईते, मृत्यूको मूल्य प्रहरी बर्बरता?

Updated: Jun 16, 2020



-Deepa Nepalee, Kathmamndu

Exclusive: जाजरकोट/रूकुम: जाजरकोट-रूकुम घटनामा हत्या गरिएका स्वर्गीय नवराज विकलगायत ६ जनाको जिल्ला अस्पतालले सोमबार दिउँसो पोष्टमार्टम रिर्पोटमा ‘भेरीमा हाम फालेर मरेको’ आसयको सार्वजनिक गरेपछि बिरोधमा उत्रिएका नवराज बिककि आमा उर्मिला विकसहित ५ जना प्रहरीको लाठी चार्जबाट सख्त घाइते भएका छन्। घाईते हुनेहरुको टाउको, हात र खुट्टामा गहिरो चोट लागेर टाँचा लगाउनु परेकोछ। यो पंक्तिकारले स्व. नवराज बिकको बाबा र आमासंग कुरा गर्दा पोष्टमार्टम रिपोर्टमा उनका छोरा नवराज र अन्य मृतकहरू नदीमा हाम फाल्दा ज्यान गएको भनिएको कुरा आफूहरूलाई पत्याउन नसकिने जानकारी गराए।


प्रहरीको लाठी चार्जबाट घाईते हुनेहरूमा नवराज विकको आमा उर्मिला बिक (हात र खुट्टामा चोट लागेको); गणेश बुढा मगरको बुबा पदम बुढा मगर (टाउकोमा पाँचवटा टाँका लागेको); आमा राधिका बुढा मगर (हात र खुट्टामा चोट लागेको); भिजन चन्द (टाउकोमा तीनवटा टाँका) र हजारी नेपाली (हात खुट्टामा चोट लागेको) छ।


मृतक नवराज र उनका साथीहरूको मृत्यूको अवस्थाभन्दा फरक प्रकृतिको रिपोर्ट फरक आएपछि पीडितहरुको परिवार र गाउँलेहरू आक्रोशित भई जिल्ला प्रहरी कार्यालय जाजरकोट अगाडि बिरोध प्रदर्शन गरेका थिए।


प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिने निहुमा ८ राउण्ड हवाई फायर गरेको थियो भने केही सेल अश्रु ग्यास समेत हानेको थियो।


गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ (सोती) मा प्रेमिका मल्ल जातकि युवतीलाई लिन गएका नवराज बिक र उनका साथीहरूसहित ६ जना युवाहरूलाई जातीय विभेदको कारण गाउँलेहरूले लखेटी घेराउ गरी हत्या गरी मार्ने, भेरीमा फाल्ने र नद