top of page
Writer's pictureNepalism.com

प्रविनको पहिलो ‘कान्छीको सम्झनामा’ म्यूजिक भिडियो सार्वजनिक


अमेरिकाको बोष्टन सहर निवासी नवोदित गायक एवं संगीतकार प्रविन राजथलाको पहिलो म्यूजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक भएकोछ। भ्यालेन्टाईन डे (प्रेम दिवस) को पूर्व सन्ध्यामा रिलिज भएको म्यूजिक भिडियोको गायक, संगीतकार र रचनाकार बहुप्रतिभाशाली प्रविन नै हुन्।


नेपालमा भक्तपुर घर भएका सर्जक प्रविन राजथलाले विगत दश वर्षदेखि आफ्नो म्यूजिक च्यानल PR Music मार्फत कभर गीतहरू प्रस्तुत गर्दै आएका थिए पनि बाल्यकालदेखि नै गीतसंगीतमा रूची राख्दै आएका थिए।


उक्त म्यूजिक भिडियो हेर्नुहोस्:


‘कान्छीको सम्झनामा’ म्यूजिक भिडियोमा सारंगीमा चर्चित संगीतकार श्याम नेपालीले सुमधुर धून भरेकाछन् भने म्यूजिक एरेन्ज जोयुस गुरुंगले गरेकाछन्। बोष्टनस्थित नेपाली संगीतकर्मीहरूबाट संचालित गरेको बाजा रेकर्ड्स बोष्टन स्टुडियोमा रेकर्ड गरिएको गीतको म्यूजिक भिडियोमा अलिस राई र गीता ढुंगानाको अभिनय रहेकोछ।




0 comments

Commentaires


bottom of page