अमेरिकाको जर्सी सिटी सहरका मेयरद्वारा सुपरिचित गायक प्रकाश सपुत सहर घोषणापत्रबाट सम्मानित

Exclusive: नेपालका बहुचर्चित गायक, सर्जक, संगीतकार प्रकाश सपुत अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरका मेयर स्टिभन फुलपद्वारा सहर घोषणापत्र (Proclamation) बाट सम्मानित भएकाछन्। मे ४ बिहिवार गायक सपुतको सम्मानमा न्यू जर्सी नेपाली समुदायबाट संयुक्तरूपमा आयोजित विशेष Meet & Greet लाईभ सांगितिक साँझको अवसरमा मेयर फुलपले सहर घोषणापत्र (Proclamation) जारी गर्दै गायक सपुतलाई सामाजिक संचेतना जगाउने मौलिक गीत संगितको उत्कृष्ट सर्जक उल्लेख गर्दै विश्वभरका लाखौंलाख नेपाली डायस्पोराको दिलमा बस्न सफल कलाकारकोरूपमा मुक्तकंठले प्रशंसा गरेकाछन्। यसैबिच, गायक सपुतले मेयर फुलपद्वारा सहर घोषणापत्रद्वारा आफूलाई सम्मानित गरेकोमा हार्दिक आभार व्यक्त गरेका छन्।

उता जर्सी सिटी सहरका नेपालीहरूले गायक सपुतलाई आफ्नो सहरको मेयरबाट सम्मानित गरिएकोमा गौरवीभूत हुँदै सो अवसरमा लाईभ सांगितिक साँझको आयोजना गरी गायक सपुतको स्वागत गरेकाछन्।

जर्सी सिटीको हड्सन काउन्टी कम्युनिटी कलेजको अडिटोरियममा आयोजित सांगितिक साँझमा जर्सी सिटी सहरको मेयरकि सल्लाहकार एवं न्यू जर्सी गभर्नरकी एशियन अमेरिकी प्यासिफिक आईल्याण्डर (एएपिआई) कमिसनकि कमिस्नर डा. विष्