विश्वलाई आफ्नो गायकीबाट मोहनी लगाउने भारतीय गायिका आशा भोसलेको निधन

Updated: Tribute: विश्वलाई आफ्नो सुमधुर स्वरबाट सम्मोहनमा पार्ने भारतीय गीतसंगीतकी कहिल्यै ननिभ्ने नक्षेत्र गायिका आशा भोसलेको नस्वर शरीरले भने बयानब्बे वर्षको पाको उमेरमा यो धरतीबाट विदा लिएको छ। झण्डै बाह्र हजार गीतहरू बीसभन्दा बढी भाषाहरूमा आफ्नो स्वर दिएर वीसौं र एक्काईसौं शताव्दीलाई जोड्ने आशाका सुनौला किरणहरूले नेपाली सांगीतिक क्षेत्रमा पनि अमिट छाप छोडेको छ। उनका स्वरमा गुन्जिने कालजयी नेपाली गीतहरू “मोहनी लाग्ला है”, “यो हो मेरो प्राणभन्दा प्यारो माईती घर”, “गैरी खेतको सिरै हाम्यो”, “बसन्तनै बस्न खोज्छ यहाँ”, “किन बढ्दैछ ढुकढुकी मुटुको”, “म प्यार बेची दिन्छु”, “एउटा मान्छे मन पर्छ”, “यति धेरै माया दियौ”, “पहाडको माथि माथि”, “आज हाम्रो भेट भाको दिन”, “लै बरी मेरो मायालु”, “झझल्को लिएर आएछ सावन” “मिर्मिरे साँझमा सिमसिमे पानी”, “आगेआगे तोपैको गोला” लगायत गीतहरू नसुन्ने नेपाली बिरलै होला। नेपाली संगीतका यिनै ढुकढुकी आशा भोसलेप्रति श्रद्धा सुमन।

आशा भोसलेको जन्म सन् १९३३ को सेप्टेम्वर ८ तारिख भारतको महाराष्ट्र राज्यको सांगलीमा भएको थियो। हिन्दी चलचित्रको प्लेब्याक गायिकाको रूपमा सुपरिचित गायिका आशा भोसलेले आफ्नो लामो जीवन कालमा झण्डै बाह्र हजार गीतहरू विश्वका विभिन्न बीस भाषाहरूमा गाउन सफल भएकि थिईन्। उनको निधन यहीं अप्रिल १२ तारिख (२०२६) मा महाराष्ट्र राज्यको मुम्बई सहरमा हृदयघातबाट भएको थियो। उनी अर्की सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरकी बहिनी हुन्।
आशा भोसले नेशनल फिल्म पुरस्कार, ग्रामी पुरस्कार, फिल्म फेयर पुरस्कार, बिबिसी लाईफटाईम पुरस्कार, बिबिसी सय प्रेरणादायी महिला (२०१५) लगायत दर्जनौं पुरस्कार र कदरबाट सम्मानित गायिका हुन्।
आशा भोसलेको दुई बिबाह भएको थियो। पहिलो सन् १९४९ मा गणपत राव भोसलेसंग। उनको सन् १९६६ मृत्यू भयो। पहिलो श्रीमान भोसलेको निधनको चौध वर्षपछि सन् १९८० मा आशाले सुप्रसिद्ध संगीतकार आर डि बर्मनसंग बिहे गरेकि थिईन्। संगीतकार बर्मनको पनि सन् १९९४ मा निधन भएको थियो। त्यस यताका ३२ वर्ष आशाले आफ्ना दुई छोराहरू हेमन्त र आनन्द र एक छोरी वर्षा र उनीहरूका सन्तानसंग व्यतीत गरेकि थिईन्।
भारतीय सांगितिक क्षेत्रकि कहिल्यै ननिभ्ने ज्वाजल्यमान तारा आशा भोसलेप्रति नेपालिज परिवार श्रद्धा सुमन अर्पण गर्दछ।





Comments