top of page

अमेरिकाबाट मातृभूमि नेपाल फर्किएका पूर्व एनआरएन रवि लामिछाने नेपालको साँसदको रूपमा विजयी

Exclusive: पूर्व संचारकर्मी, अमेरिकाबाट मातृभूमि नेपाल फर्किएका पूर्व एनआरएन रवि लामिछाने (Rabi Lamichhane), ४८, यस पटकको नेपालको आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट अत्यधिकमतान्तरले सगर्व विजयी भएका छन् । उनको यो विजयको परकम्पले अब नेपालमा नयाँ युगकोशुरूवात गर्नेछ। झण्डै पाँच महिना अघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेकालामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी, सत्ता गठबन्धनकासाझा उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेकाछन् जुन ३४ हजार १६२को मतान्तर हो।


सोही क्षेत्रबाट २०७४ सालको निर्वाचनमा सांसद रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४हजार ६४९ मत प्राप्त गरेकाछन्। बहालवाला साँसदलाई पराजित गर्ने, सबैभन्दा बढी मतान्तरलेविजयी हुने रेकर्ड मात्र हैन उनले अमेरिकाबाट फर्किएर साँसद बन्ने पहिलो एनआरएनको ईतिहास पनिरचेकाछन्। उनको सय दिनमा सय एनआरएन युवाहरू नेपाल फर्काउने योजना सरकार बनाउनेसंख्यासम्म उनको दलले सफलता हाँसिल गर्न अझै समय लाग्ने भए पनि उनकै देखासिखीबाट सयौंहैन अब हजारौं प्रवासिएका नेपाली युवाहरू नेपाल आमाको मुहारमा मुस्कान ल्याउन र जनताकोसुदिन फर्काउन मातृभूमि फर्किनेछन्। उनको यो युगान्तकारी विजयको निम्ति नेपालिजम परिवारहार्दिक वधाई व्यक्त गर्दछ।


प्रदीप परियार थापा

सम्पादक

अमेरिका

0 comments
bottom of page