वरिष्ठ पत्रकार स्व. गोपीकृष्ण खनाल सम्झनामा जीवनी बृत्तचित्र डकुमेन्ट्री निर्माण

न्यू जर्सी/झापा- नेपालको पूर्वान्चलका वरिष्ठ पत्रकार स्व. गोपीकृष्ण खनालको सम्झनामा प्रतिष्ठान स्थापना भएकोछ। स्व. खनालको दोश्रो पून्यतिथिको अवसरमा पत्रकार स्व. खनालको सम्झनामा एक जीवनी बृत्तचित्र डकुमेन्ट्री पनि निर्माण गरिएकोछ। गोपीकृष्ण स्मृति प्रतिष्ठानद्वारा निर्मित विन्जु मिडिया कर्नरबाट छायाॅकन तथा सम्पादन गरिएको झापाका अग्रज पत्रकार स्व.गोपीकृष्ण खनालको जिवनी बृत्तचित्र गत जुलाई १९ तारिख फेसबुक लाईभमार्फत प्रसारण गरिएको थियो। स्व. खनालको जेठा छोरा, न्यू जर्सी निवासी मनोज खनालले प्रसारणको शुरूवातमा आफ्ना स्वर्गीय पिताको सम्झनामा भाव व्यक्त गरेपछि बृत्तचित्र प्रसारण गरिएको थियो। पत्रकार स्व. गोपीकृष्ण खनाल २००४ साल पौष २९ गते जन्मिएका थिए भने सन् २०१५ मा अमेरिका भ्रमण आएका थिए। बिसं. २०६१ सालमा प्रवल गोरखा दक्षिण बाहु चौथोद्वारा विभूषित पत्रकार खनालको सन् २०१८ को जुलाई २० तारिख सडक दुर्घटना परी निधन भएको थियो।
उक्त लाईभ प्रसारण र बृत्तचित्र यो लिंकमा हेर्न सक्नुहुनेछ: https://www.facebook.com/gkmfoundations/videos/320704088967544/?d=n

पत्रकारिता यात्रा