राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट रवि लामिछाने निर्विकल्प सभापति, महिला प्रतिनिधित्व ४९.४९ प्रतिशत
- Nepalism.com

- 2 hours ago
- 2 min read

Updated: Exclusive: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट सो पार्टीका संस्थापक रवि लामिछाने निर्विकल्प सभापति निर्वाचित भएकाछन् भने निर्वाचित ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा ४९ जना महिला (४९.४९ प्रतिशत) निर्वाचित भएका छन्। महाधिवेशन निर्वाचन प्रक्रियाबाट निर्वाचित ९९ मध्ये ५० जना पुरुष छन् भने महिला ४९ जना छन्। उता सात प्रदेश कोटाबाट विजयी हुने ३५ जना मध्ये २९ महिला र ६ जना पुरुष छन्। यो भनेको प्रदेशबाट महिलाको प्रतिनिधित्व ८२.८६ प्रतिशत हो। नेपाल मात्र हैन विश्वकै ईतिहासमा पहिलो पटक प्रमुख राजनीतिक दलको केन्द्रीय समितिमा झण्डै पचास प्रतिशतको महिला प्रतिनिधित्व भएको हो। आधा आकाश ओगट्ने भनिने महिलाहरूको अकल्पनीय र उदाहरणीय रास्वपा नेतृत्वरोहणले विश्वमै हलचल ल्याउने उत्प्रेरणा जगाउनेछ।

अब सभापति लामिछानेले मनोनित गर्न पाउने ५१ जना मध्ये कति प्रतिशत महिलाहरूको प्रतिनिधित्व हुन्छ, त्यो भने हेर्न बाँकी छ। सभापति लामिछानेलाई लैंगिकका साथै सवल, भूगोल र समानूपातिक प्रतिनिधित्व गराई नेतृत्व मनोनयन गर्नु पर्ने जिम्मेवारी र दवाब छ।

रास्वपाको विधानअनुसार केन्द्रीय कार्यसमितिमा राष्ट्रिय महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित सभापति हुने व्यवस्था छ भने ९९ जना केन्द्रीय सदस्य निर्वाचन प्रक्रियाबाट निर्वाचित हुने व्यवस्था छ। सभापतिले ५१ जना सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ। यसकासाथै सातै प्रदेशका प्रदेश सभापति केन्द्रीय समितिमा पदेन सदस्य रहने व्यवस्था छ।
निर्वाचित केन्द्रीय सदस्यमध्ये सातै प्रदेशबाट पाँच जनाका हिसाबले ३५ जना चुनिनु पर्ने छ भने ६४ जना खुला राष्ट्रिय स्तरबाट चयन हुने व्यवस्था छ । प्रदेशबाट निर्वाचित हुने सदस्यहरूमध्ये कम्तीमा १४ जना महिला हुनुपर्नेछ । प्रत्येक प्रदेशबाट कम्तीमा २ जना महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ । तर रास्वपाको यो निर्वाचनबाट विधानमा व्यवस्था गरिएभन्दा महिला प्रतिनिधित्व बढी छ। यसपाली सात प्रदेश कोटाबाट विजयी हुने ३५ जना मध्ये २९ महिला र ६ जना पुरुष छन्। यो भनेको प्रदेशबाट महिलाको प्रतिनिधित्व ८२.८६ प्रतिशत हो।
रास्वपाका ४९ महिला केन्द्रीय सदस्यहरूको सूचिः
१. सोविता गौतम
२. डा. तोसिमा कार्की
३. रञ्जु दर्शना
४. निशा डाँगी
५. इन्दिरा राना मगर
६. रिमा विश्वकर्मा
७. समीक्षा बास्कोटा
८. गीता चौधरी
९. लिमा अधिकारी आचार्य
१०. प्रकृति ढकाल
११. टिका संग्रौला (ज्वाला)
१२. क्रान्तिशिखा धिताल
१३. जमुना शर्मा
१४. सुशिला कार्की पोख्रेल
१५. आशिका तामाङ
१६. अनुष्का श्रेष्ठ
१७. निशा श्रेष्ठ
१८. कुशुम महर्जन
१९. करिष्मा कठरिया
२०. जुली यादव
२१. कामिनी कुमारी चौधरी
२२. सविना विक
२३. खिमा विक
२४. समिना मिया
२५. निशा मेहता
२६. शोभा कार्की
२७. कल्पना थापा
२८. सुजाता तामाङ
२९. सुस्मा बस्नेत
३०. सुनिता कुमारी चौधरी
३१. नमिता यादव
३२. मञ्जु सिंह
३३. प्रभा ढकाल
३४. विदुशी राणा
३५. आकांक्षा पोखरेल
३६. अनिता श्रेष्ठ
३७. पार्वती थापा
३८. पवित्रा थापा
३९. विष्णु कुमारी गुरुङ (एकता)
४०. कल्पना पाण्डे
४१. संगिता ढकाल
४२. ज्ञानु पौड्याल
४३. सर्मिला खनाल
४४. सिता बादी
४५. विनिता कठायत
४६. टासी ल्हाङ्गजोम
४७. मेनुका शाही
४८. जानीका जोशी
४९. चन्द्रा ऐर चाँदनी

Aakanshya Pokhrel. Fb profile picture.
सबैभन्दा कम उमेरको ऐतिहासिक रेकर्ड !
रास्वपाको प्रथम महाधिवेशनबाट चितवनकी २३ वर्षीया आकाङ्क्षा पोखरेल केन्द्रीय सदस्य निर्वाचित भएकिछिन्। उनी संभवतः नेपाल र विश्वकै ईतिहासमा सबैभन्दा कम उमेरमै राष्ट्रिय र प्रमुख राजनीतिक दलको केन्द्रीय सदस्य बनेकीछिन्।
यसअघि रास्वपा भरतपुर महानगर सदस्य र महानगर कोषाध्यक्ष भूमिका निभाएकी आकाङ्क्षा हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छिन्।
















Comments