रास्वपाकि रन्जु दर्शना बनिन् यो पटकको आम निर्वाचनमा पहिलो विजेता
- Nepalism.com

- 14 hours ago
- 1 min read

Exclusive: रास्वपाकि काठमाडौं-१ बाट प्रतिनिधिसभा उम्मेदवार रन्जु दर्शना फागुन २१ मा सम्पन्न निर्वाचनमा १५ हजार ४५५ मत पाएर विजयी भएकिछिन्। यो पटकको आम निर्वाचनमा उनी पहिलो विजेता बनेकि हुन्। उनका निकटतम प्रत्याशी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री ६ हजार ३६४ मत ल्याएर दोस्रो भए भने तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए ।

वैकल्पिक राजनीति शक्तिको रूपमा उदाएको विवेकशील नेपाली पार्टीबाट विसं २०७० देखि राजनीतिमा होमिएकी दर्शना विसं २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा २२ वर्षको युवा उमेरमै उम्मेदवार बनेर बहुचर्चामा आएकि थिईन्। सो निर्वाचनमा उनले २३ हजार ४३९ मत प्राप्त गरेर तेस्रो स्थान प्राप्त गरेकि थिईन्।
यस पटकको आम निर्वाचनसम्म आईपुग्दा विवेकशीलको रास्वपामा एकीकरण भैसकेको थियो। समानुपातिकको प्रारम्भिक नामावलीमा उनको नाम राखिए पनि अन्ततः रास्वपाले प्रत्यक्षमै लड्न टिकट दिएको थियो। आमनिर्वाचनकै दौरान गत फेब्रुवरी २४ मा उनले पुत्रलाभ गरेकि थिईन्। उनका श्रीमान सिपिए किशु कुईकेल हुन्।
हार्दिक वधाई छ।




Comments